नेपाल वायु सेवा निगमले नयाँ जहाज थपेको छ । निगमको दोस्रो जहाज एयरबस-३३० ‘मकालु’ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
यसअघि आएको निगमको एयरबस ३३०-२०० जहाज एक महिना अघि आएको थियो । यो जहाज अझै कहिलेबाट उडान गर्ने टुंगो छैन् । यसअघि खरिद गरेको नयाँ जहाज उडाउने निश्चित नहुँदै निगमले पुनः अर्को जहाज थपेको हो ।
निगमको जहाज ९ बजेर २१ मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको हो । विमान ल्याउन निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारसहितको टोली फ्रान्स पुगेका थिए ।
विहिवारसम्म एयरबस ३३०-२००ले उडान अनुमतिपत्र (एओसी)पाउने निगम उच्च स्रोतले जनाएको छ । जहाजले काठमाडौं-नयाँदिल्ली प्रुभिङ फ्लाइट गरिसकेको छ ।
प्रतिक्रिया