सहकारीको माध्यमबाट चार करोड ठगी गर्नेहरु जेल चलान

सहकारीको माध्यमबाट चार करोड ठगी गर्नेहरु जेल चलान


चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार पक्राउ गरी शुक्रबार केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो ।

ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौं जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवाना सुनाएको थियो ।

को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरेर निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।