लघुवित्त संस्थाहरू मर्ज भएर ठुलो साइजमा आउनुपर्छ : श्यामकुमार कटुवाल

लघुवित्त संस्थाहरू मर्ज भएर ठुलो साइजमा आउनुपर्छ : श्यामकुमार कटुवाल


✍ नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त चार प्रकारका बैंकमध्ये खासगरी ग्रामीण क्षेत्रमा बैंकि¨ पद्धति पु¥याउने, जनतालाई सुविधा दिने, वित्तीय साक्षरतामार्फत वित्तीय क्षेत्र चलायमान बनाउने, आर्थिक समृद्धि गर्ने उद्देश्यले सुरु गरिएको लघुवित्तको वर्तमान अवस्था के-कस्तो रहेको छ ?
■ समग्र बैंक तथा वित्तीय संस्थाको साथ साथै लघुवित्त संस्थाहरूको वर्तमान अवस्था अलिक चुनौतीपूर्ण छ । यो क्षेत्र विगत एक/दुई वर्ष अगाडिदेखि लिक्युडिटी क्राइसिस (तरलता) को अभावले निकै समस्या झेल्नु पऱ्यो । अहिले आएर लघुवित्तको अवस्था संकटपूर्ण रहेको छ, किनभने यसको आन्तरिक भन्दा पनि बाह्य समस्या र चुनौती तीव्र गतिले आगाडि बढेको छ । लघुवित्त संस्थाका विषयमा नकारात्मक टीकाटिपणी भएका छन्, तर लघुवित्त संस्थाको स्थापना गर्नुको मुल उद्देश्य भनेकै ग्रामिण दूरदराजमा बस्ने विपन्न वर्ग समुदायको आर्थिक समुन्नति गर्ने हो । उनिहरूलाई यो आर्थिक गतिविधिमा संलग्न गराउने उनीहरूको आयआर्जन विस्तार र वृद्धि गरी देशको समग्र राष्ट्रिय अर्थतन्त्रमा विपन्न वर्गको पनि ग्रामीण क्षेत्रको पनि र गरिब जनताको पनि पहुँच पुगोस् र योगदान रहोस् भन्ने उद्देश्यले लघुवित्त संस्थाहरूको स्थापना भएका हुन् । तर वर्तमान समयमा लघुवित्त संस्थाहरूले विभिन्न किसिमका चुनौतिहरूको सामना गर्नु परिरहेको छ ।

✍ जुन उद्देश्य राखेर वित्तीय साक्षरता र वित्तीय चलायमान गरी बाख्रा किन्न नसक्नेलाई बाख्रा किन्न सक्ने ऋण दिएर त्यसमार्फत विपन्न वर्गको आर्थिक उपार्जन बढाउने उद्देश्य राखेर लघुवित्त संस्थाहरूको स्थापना गरियो । तर त्यो व्यवहारमा कार्यान्वयन किन हुन सकेन, समस्या के हो ?
■ यो कार्यान्वयन नभएको र व्यवहारमा नआएको भन्ने पनि होइन । काम गर्दा प्रगति हुन्छ भने पनि छैन । अहिले लघुवित्त क्षेत्रले पुऱ्याएको योगदानलाई आँकलन गर्ने हो भने करिब करिब ६० लाख घर-परिवारको बीचमा यो सेवा पुगेको छ । नेपालमा ६० लाख घरपरिवार भनेको सानो कुरा होइन । विकास बैंक फाइनान्स कम्पनी र कमर्सियल बैंकको मात्र योगदानलाई हामीले हेर्ने हो भने १८ लाख मात्र छ । त्यसको झण्डै ३ गुणा बढी लघुवित्त क्षेत्रले विपन्न वर्गको समुदायमा सेवा पुऱ्याएको छ । तर विपन्न वर्गलाई सेवा पुऱ्याउने ठाउँमा केही मात्रामा माथिल्लो वर्गमा कार्यक्रम पुग्न गयो जसले नियत बसले कर्जा लिएर नतिर्ने विपन्न वर्गलाई समेत उचालेर विभिन्न प्रोपगाण्डा बाहिर ल्याइयो । तर साच्चै हेर्ने हो भने नेपालको दूरदराजमा मैले कामगर्दा ग्रामीण विकास बैंक २०५० सालमा खोल्दा खेरिको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्ने हो भने आकाश पतालको फरक देखिन्छ । प्रगति धेरै भएको देखिन्छ । गाउँका दिदीबहिनी अरु विपन्न समुदायहरू वा बोल्न नसक्ने महिला दिदी बहिनीेहरूलाई आर्थिक गतिविधिमा संलग्न हुन रिसोर्सको अभाव थियो । लघुवित्त कार्यक्रम मार्फत उनीहरूलाई घर दैलोमा गएर सेवा पु¥याएको अवस्था धेरै परिवर्तनहरू भएका छन् । अहिलेको अवस्था हेर्दा धेरै फरक छ प्रगति भएको छ । तर लघुवित्त संस्थाहरूले पु¥याएको योगदानलाई नजरअन्दाज गरियो ।

✍ जसरी सेवा पुऱ्याइयो त्यसरी नै विकृति बढी भयो भन्ने कुरा छ नि !
■ समस्या बढी उछालिएको मात्रै हो । लघुवित्त संस्था अहिले ५२ वटा छन् । यसरी ५२ वटा लघुवित्त संस्थाहरूले विपन्न वर्गका महिलाहरूको विचमा ४ खर्बभन्दा बढी लगानी गरेका छन् । यो ४ खर्बभन्दा बढी लगानी मध्ये दुई खर्ब जति डिपोजिट मोविलाइजेसनबाट भएको हो । ६० लाख घरपरिवारमा सेवा पुऱ्याइएको छ । २८ लाख जति सदस्यहरूले ऋण लिएका छन् । लघुवित्त संस्थाहरूले यो सेवा नपुऱ्याउने हो भने त्यो कसले पुऱ्याउने ? अहिले धनी र गरिबको बीच सहर र गाउँको बीचको विकासको अन्तर हेर्ने हो भने लघुवित्त संस्था नखोलिएको भए वित्तीय पहुँच विभिन्न ग्रामीण दूरदराजमा पुग्न सक्दैनथ्यो । महिलाहरूको आर्थिक उपार्जन हुन सक्ने थिएन । किनभने बिना धितो समूहमा राखेर केही कुरा सिकाएर महिलाहरूलाई एउटा आर्थिक समुन्नतिमा आर्थिक गतिविधिमा संलग्न गराएको त हिजोको दिनमा त लघुवित्त संस्थाले हो नि । नेपाल सरकारको सकृयता र नीतिगत व्यवस्थाबाट नै लघुवित्त संस्थाहरू खोलिएका हुन् । वर्तमान समयमा लघुवित्त संस्थाहरूले विभिन्न गाउँका दूरदराज ठाउँहरूमा पुगेर सेवा पुऱ्याएका छन् । सेवा दिएका पनि छन् र अब अहिले लघुवित्त संस्थाहरूमा जुन चुनौतीहरू देखिएका छन् समस्या देखिएका छन् । मल्टिपल फाइनेन्सिङका कुराहरू छन् त्यसलाई समाधान गरेर अगाडी बढ्नुपर्छ ।

✍ कतिपय लघुवित्त संस्थाहरूले ऋण लिनुहोस् भनेर जबर्जस्ती मिटर ब्याज जस्तो गरी ऋण दिएर यस्तो अवस्था आयो भन्छन् नि ?
– लघुवित्त संस्थाहरू जसरी खुले त्यसलाई सुरुदेखि नै नियमन कडा रूपले भइदिएको भए यो व्यथिति आउँदैनथ्यो होला । किनभने एउटा ऋणीले कति पैसा लिन सक्छ कति काम गर्न सक्छ भन्ने कुराको आकलन कम भयो कर्जा सूचना केन्द्रसँग आबद्ध गरेर एउटा ऋणीले दुईटा लघुवित्तसँग ऋण लिने हो कि तीन वटामा लिने हो भन्ने विषय स्पष्ट भएको भए यस्तो व्यथिति आउने थिएन । तर धेरै जसो संस्थाहरू प्राइभेट सेक्टरले खोज्ने भनेको मुनाफा हो । त्यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा भयो । हिजोको दिन अस्वस्थ प्रतिस्पर्धा हुँदा पनि हामीले ऋणीहरूलाई कर्जा दिएको त यो कर्जा खाउ सिध्याउ नदेउ नतिर भनेको होइन । लघुवित्तका समूहहरू बनाउँदा सुरुमा सात दिन तालिममा के काम गर्ने व्यवसाय के छ ? बाख्रापालनमा छ कि मौरी पालन छ कि अथवा सिलाई बुनाईमा छ कि व्यापार व्यवसायमा छ कि कृषि उत्पादनमा छ कि त्यो हेरेर समूहमा आवद्ध गरी पैसा दिइन्छ । त्यो सात दिनको तालिममा पैसा के को लागि लाने र पैसा कहाँ प्रयोग गर्ने र कसरी तिर्ने आदि विभिन्न कुराहरू सिकाइन्छ ।

✍ कर्मचारीहरूले जागिर बचाउने नाममा नीतिनियमहरू कागजमा मात्र लागु भयो व्यवहारमा भएन, घरमा घरमा आएर ऋण दिन्छौ तपाईहरू सदस्य बनदिए मात्र भयो भनेका छन् । त्यसैले समस्या आयो अहिले दिदिबहिनीहरूको रुवाबासी देखिन्छ । गल्ती तपाईहरूले गर्दै जाने अरुले नियमन गरिदिएन भनेर दोष अरुलाई लगाउन मिल्छ ? लघुवित्त संस्थाहरू आचार संहिता र स्व-नियमनमा बस्नु पर्दैन ?
■ स्व-अनुशासनमा हामी बस्नुपर्छ । नराम्रो काम एउटाले गर्दा त्यो सबैलाई अवजस हुन्छ । यो अलिकति अस्वस्थ प्रतिस्पर्धा हो । मैले भने नि अस्वस्थ प्रतिस्पर्धा भएकै हो अब अहिले आएर एउटा लघुवित्तको ऋणीले अर्को लघुवित्त छान्नुपर्ने अथवा दुईवटा भन्दा बढीमा ऋण लिन नपाउने भनेपछि अहिले धेरैहदसम्म कन्ट्रोल भइरहेको छ ।

✍ त्यसोभए अहिले लघुवित्तको अवस्था ठिकठाक भयो ? नेपाल राष्ट्र बैंकले सार्वजनिक रुपमा निर्देशन जारी गरेपछि त्यो तपाईंले पालना गर्नु भएको छ ?
■ लघुवित्तको वर्तमान अवस्था सोंचे जस्तो ठिक छैन । अहिले नेपाल राष्ट्र बैंकले परिस्थितिजन्य कारणले ऋण तिर्न नसक्ने सदस्यहरूलाई एउटा रिल्याक्सेसन दिएको छ । कर्जाको साँवा र व्याज तिर्ने भाका राखिदिएको छ । बाहिरी जुन बेथिति देख्नु भएको छ, पत्रपत्रिकामा सदस्यहरूले काठमाडौं आएर धर्ना गरेको त्यो पूर्ण सही होइन । केही मान्छेले दुरुपयोग गरे त्यसको नेतृत्व गरे अनि सोझा साझा हरूलाई पनि भड्काउन थाले । पैसा तिर्न नपरोस् भने पछि त राम्रै मान्छे पनि पछि लाग्छन् नि ।

✍ त्यो फरक पाटो भयो । त्यो भन्दा पहिला नि लघुवित्त संस्थाले उद्देश्य बिना नै ऋण लिइदिनुस् भनेर घरमा गएका छन् । ऋणीहरूले ऋण लिएपछि मिटर ब्याजीको पैसा तिरेका छन् । व्यवसाय नगरे पछि ऋण तिर्न सकेनन् अनि घरबास उठ्ने स्थिति भयो ।
■ विगत लामो समय देखि धेरै संख्यामा लघुवित्त संस्थाहरू नेपालमा सेवारत छन् । यी संस्थाहरूले सजिलै घरमा गएर केन्द्र र समूह मार्फत पैसा लगानी गर्ने सुविधा दिंदादिंदै मानिसहरूले मिटर ब्याजीसंग पैसा लिन कुनै जरुरीनै छैन । मिटर ब्याजीहरूले लघुवित्तलाई समस्या देखेका छन् ।

✍ साच्चै भन्ने हो भने जसले पहिले नै ऋण लिएका थिए जलाई समस्या थियो त्यो लघुवित्त संस्थामा गयो ऋण लियो अनि मिटर ब्याजमा तिऱ्यो । तर बाख्रा पालन कुखुरापालनको जुन उद्देश्य थियो त्यो परियोजनामा ऋण लगानी गरिएन । आर्थिक समृद्धि पनि भएन । जसले गर्दा घरवास उठ्ने अवस्था आयो भनिन्छ नि ?
■ मिटर ब्याजिको यदाकदा सानो संख्या होला । तर लघुवित्त संस्थाका करिव ६० लाख सदस्यहरूलाई मिटर व्याजीलाई पैसा तिर्न लगेको त होइन होला नि ।

✍ लघुवित्तमा दोहोरो सदस्यता लिएका कारणले ६० लाख सदस्य पुगे पनि ऋण लिने सदस्यहरूको संख्या त त्यही २० लाखको हाराहारीमा होला नि ?
■ लघुवित्त संस्थाहरूमा रहेका ६० लाख सदस्यहरूलाई आधा नै हिसाव गरे पनि ३० लाख होला नि । विगत एक वर्षदेखि हामीले सदस्य छनौटमा टाइट गरेका छौ । हाल लघुवित्त संस्थाहरूमा ऋण लिने सदस्यहरूको संख्या २८ लाखको हारा हाराहारी रहेको छ ।

✍ भनेपछि अहिले डुप्लिकेसन फाइनलाइज भएको हो ?
■ डुप्लिकेसन हुने प्रवृत्ति अब रोकियो । लघुवित्त संस्थाका ऋणीहरू अव ७ लाखको सीमाभित्र बस्नुपर्छ । त्यसकारण अब डुप्लिकेसन गरेर ऋण लिने दिने परिस्थिति छैन । नेपाल राष्ट्र बैंकबाट पनि नियमन तथा निरीक्षण हुन्छ । हामी आफै पनि त्यसको नियममा बस्नुपर्ने परिस्थिति छ र बस्नुपर्छ । होइन डुप्लिकेट हुने हो भने ऋणीले लगेर पैसा तिर्दैन भने भोलि गएर संस्था कोल्याप्स हुने स्थितिमा हुन्छ । प्रोभिजन बढेर जान्छ । खर्च बढेर जान्छ । ऋण नतिर्ने प्रवृत्ति बढ्छ । त्यस्तो स्थितिमा भोलि संस्था चल्दैन । नियन्त्रणको काम विगत एक वर्षदेखि सुरु भइसकेको छ । बिग्रेको चिजलाई करेक्सन गर्न टाइम लाग्छ तर सकिन्छ । त्यसलाई हामी करेक्सन गर्दै पनि गरिरहेका छौं । हामी आफै सुध्रिने काम हामीले गरेका छौं । हाम्रो कारणबाट भएको त्रुटि कमजोरीहरू सुधार गर्न अथवा सच्याउन पनि तयार छौं सच्चाएको पनि छौं । अहिले विभिन्न समूहबाट पैसा तिर्न पर्दैन भनेको छ । मिना हुन्छ भनेको छ । यत्रो साढे चार खर्ब पैसा मिना गर्न राज्यले सक्छ ? राज्यको त्यो क्षमता छ ? छैन नि त, बरु तिर्न सकिंदैन भने त्यस्तो किसिमको ऋणहरूलाई बैंकमा सम्पर्क गर्नुहोस् । ऋण तिर्ने समय हामी बढाउँछौं । परिस्थितिले तिर्न सकेन आर्थिक गतिविधि यस्तो मन्दि छ अहिलेको गतिविधि चलायमान छैन । हाम्रो अर्थतन्त्र अहिले वास्तवमा शिथिल छ त्यसले गर्दा ऋणीहरूबीच यसको समाधान निकाल्न सकिन्छ घर बाहिर आवाज निकालेर तिर्नै पर्दैन भन्ने हिसाबमा गयो भने सिस्टम वा चक्र बिग्रिन्छ । आजको यो समस्याले गर्दा ऋण मिना हुने हो भने भोलि पनि त्यो समस्या आउन सक्छ र हरेक पल्ट राज्यले निर्णय गर्दै जाने हो भने बैंक वित्तीय संस्था चुप्प लागेर बस्ने स्थिति आउन सक्छ ।

✍ एशियाली विकास बैंक र वर्ड बैंकले नेपालको अर्थतन्त्र सुधार उन्मुख भयो भनेको छ । एकातिर बैंकहरूमा तरलता ७ खर्ब हाराहारीमा पुगेको छ र राष्ट्र बैंकले दिनदिनै तरलता खिचिरहेको अवस्था छ ?
■ सुध्रिन त विगतको भन्दा अहिले सुध्रेको अवस्था देखिन्छ । यस बाहेक हाम्रो अर्थतन्त्र मजबुत छ विदेशी विनियम संञ्चित पर्याप्त छ । आर्थिक रूपले हेऱ्यो भने केही सुधार छ भन्छौं तर कर्जाको डिमाण्ड छैन अझै पनि लिक्विडिटी बढेर गएको छ । बजारमा पैसा छ । तर जनताले लगानी गरेर उत्पादन गरेर त्यो बेच्ने स्थिति अझै छैन । त्यसले गर्दा अहिले बाणिज्य बैंकमा पैसा पर्याप्त छ । भोलि पैसा लगेर हामीले तिर्न सकिंदैन हामी उत्पादन गरेको चिज बिक्री हुंदैन भनेर ग्राहक सदस्यहरूले भनेका छन् । यसले गर्दा हाम्रो अझै आर्थिक गतिविधिहरू चलायमान बनिसकेको छैन । तर हिजो अस्तिको जस्तो लिक्विटी क्राइसिस भएर समस्या भएको अवस्था पनि छैन ।

✍ तपाईंले इन्भेष्ट गर्दा पक्कै पनि अध्ययन गरेर गर्नुहुन्छ लगानी विश्लेषण पनि गर्नुहुन्छ होला । मार्केट एक्सेसको लागि तपाईहरूले के भूमिका खेल्नुहुन्छ ?आफ्नो भूमिका कसरी बढाइरहनु भएको छ ?
■ हामीले मार्केटिङ एक्सेस पनि बढाएका छौं । स्थानीय लोकल बडीहरूसंग समन्वय गरेर त्यसको बजारीकरणका लागि सहकार्य गरिरहेका छौं । सदस्यहरूको कृषि उत्पादन बढाउन जेटिए राखेर ठाउँठाउँमा तालिम दिएका छौं । उत्पादनमा व्यावसायिकता कसरी ल्याउने भन्ने कुरा पनि हामी गर्दैछौं । अन्य स्किल डेभलपमेन्टका कामहरू पनि स्थानीय निकायसंग समन्वयमा गर्दै हामीले वित्तीय सेवाहरू उपलव्ध गराउँदै आइरहेका छौं । एउटा बैंकले दिने भनेको वित्तीय सुविधा नै हो । आफूले गरेको व्यवसाय राम्रो होस् र त्यसबाट रिटर्न तथा प्रतिफल पनि राम्रो होस् भन्ने चाहना पुरा गर्नका लागि ग्राहक सदस्यहरूले पनि मिहिनेत गर्नुपर्छ । यस कार्यमा हामी लघुवित्त कर्मी, बैंक वित्तीय संस्था र ग्राहक सदस्यहरू सबै एकतावद्ध भएर लाग्नुपर्छ ।

✍ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको उद्देश्य स्थानीय गाउंको विकास गर्नलाई नै होला । तर विकास कुन माध्यमबाट के गर्दा हुन्छ । ऋण दिएर समस्या समाधान नहुने भएपछि तपाईहरूको कार्य योजना नयाँ के रहेको छ ? अव अगामी दिनमा कसरी अगाडि बढ्ने सोच्नु भएको छ ?
■ परम्परागत ग्रामीण विकास बैंकले लघुवित्त सेवा सुरु गर्दा बङ्गलादेशमा जुन ग्रामीण विकास बैंकको मोडल थियो त्यसको मोडल रेप्लिकेट यहाँ गरिएको हो । बङ्गलादेशमा सन् १९८० देखि सुरु भएको त्यो प्रोग्राम आज आइसक्दा ग्रामीण टु भनेर अपडेट भर्जन छ । पहिलेको भर्जनमा अलिकति समस्या पनि छ । यसलाई अलि सुधारेर लानु पर्ने छ । राष्ट्र बैंकले अध्ययन पनि गरेको छ । वास्तवमा समस्या पहिचान त भयो त्यसलाई समाधान कसरी गर्ने भन्ने विषयमा अझै पनि राष्ट्र बैंक लाग्नुपर्ने र हामी लघुवित्त कर्मी पनि लाग्नुपर्ने अवस्था छ । लघुवित्त संस्थाहरू मिटर ब्याजी हुन् । यिनीहरूले उठिबास लाइदिए । घर ताला बन्द गरिदिए । भन्ने जुन आरोप छ, त्यसलाई हामीले नियन्त्रण गरेछौं । लघुवित्त संस्थाहरूको छाता संगठन एनएमबिए छ । त्यसको भूमिका के हो भन्दा यस्ता व्यथिति विकृतिहरू छन् त्यसमा हामी स्व-नियममा बस्नुपर्छ । संस्थाहरू पनि डिसिप्लिनमा बस्नुपर्छ । अब हामीले घरमा ढुकेरै पैसा उठाउनुपर्छ भन्ने होइन । पैसा दिंदा पनि ग्राहक आइडेन्टिफाई गरेर दिनुपऱ्यो । ग्राहकको परियोजना हेरेर पैसा दिनुपऱ्यो । ग्राहकले दश ठाउंबाट पैसा लिएको छ भने अर्को छोडिदिनु पऱ्यो । क्षणिक नाफा गर्ने काममा हामी लाग्नु हुँदैन । यो किसिमको एउटा हामीले वातावरण बनायौं । एउटा हामीले कोड अफ कन्डक्ट बनाई सबैतिर सर्कुलर पनि गर्यौं । अहिले हामी अटोमेटिकल्ली खुम्जिनु पर्ने स्थिति छ । एउटा मान्छे एक ठाउँमा बस्यो भने उसले चाहेका रिक्वायरमेन्ट त्यहींबाट पूरा गर्ने आवश्यकता पुरा गर्छ । त्यहाँ मन नपरेर अर्कोमा जान खोज्छ । जसले राम्रो सेवा दिन्छ ग्राहक उसैकोमा जान्छ ।

हिजोको दिनमा जस्तो अब सजिलो छैन । ग्राहकले समयमा पैसा नतिरे कालो सूचीमा पर्ने सम्भावना छ । कालो सूचीमा परेमा ग्राहकलाई बैंक वित्तीय संस्थाले पत्याउँदैनन् । भविष्यमा छोराछोरीलाई विदेश पठाउँदा, कलेज पढाउँदा, नागरिकता बनाउँदा, जागिरमा लगाउँदा समस्या आउनसक्छ । यसमा सोसल सेक्युरिटीको कुराहरू आउँछ । त्यसैले ग्राहकले बैंक वित्तीय संस्थाबाट लिएको ऋण समयमा नै तिर्नु पर्छ । वित्तीय अनुशासनमा बस्नु पर्छ । यदि ग्राहकले पैसा नतिरेमा उसलाई कालो सूचीमा राख्ने बाहेक हामीसँग केही हतियार पनि छैन । ग्राहकले समयमा पैसा नतिरे कालो सूचीमा परेमा भोलिका दिनमा थप समस्याहरू आउन सक्छन् । ऋण लिएर नतिर्ने मान्छेको पाि घरमा पानी बिजुली होला वृद्धा भत्ता होला एकल महिला भत्ता होला वडाबाट सिफारिस गर्नुपर्ने होला अथवा नागरिकताको सिफारिस गर्नुपर्ने होला वैदेशिक रोजगारीको कुरा होला यस्ता कामहरू समयमा सिफारिस भएन भने रोकिन सक्छन् । निडी पिपलले पैसा लिन्छ सही ठाउँमा सदुपयोग गरी आफ्नो उन्नति गर्छ । अर्थतन्त्रमा योगदान पनि पुऱ्याउँछ । अहिले त हामी कस्तो निरिह भयौं भने पैसा दिएको छ तर त्यो पैसा कलेक्सन गर्न ठुलो समस्या भएको छ । तर अव कर्जा सूचनासँग टाईअप भएको कारणले ग्राहकले ठगेर पैसा निकाल्न सक्ने देखिंदैन । अवस्था हिजोको जस्तो छैन । ग्राहकहरू अनुशासनमा बस्नुपर्छ । आफुले लिएको ऋण समयमा तिर्नुपर्छ ।

✍ विगतमा लघुवित्त संस्थाहरू धेरै संख्यामा रहेका थिए त्यसैले धेरै समस्या आयो । हाल ५२ वटा संस्था रहेका छन् । यसमा तपाईंहरूको कमजोरी भयो । तपाईंलाई के लाग्छ हाल लघुवित्तका ५२ वटा संस्था नेपालको सन्दर्भमा बढी हो कि कम हो ?
■ विगतमा लघुवित्त संस्था करिव १०० वटा रहेकोमा हाल आधा संख्यामा घटेका छन् । भोलीका दिनमा अझै यसको संख्यामा कमी हुँदै जान्छ । किनभने एउटा सानो संस्था लङ्गटर्ममा सरभाइभ हुन सक्दैन । त्यसैले यो संख्या अहिले घट्दै आएको छ । भविष्यमा यसको संख्या २५/३० को हाराहारीमा आयो भने अलिकति यसको स्ट्रेन्थेन र नेटवर्क बढ्छ । अस्वस्थ प्रतिस्पर्धा घटेर जान्छ । त्यसैले गर्दा लघुवित्त संस्थाहरू मर्ज भएर ठुलो साइजमा आउनुपर्छ ।

✍ अहिले लघुवित्त संस्थाहरूको एउटा छाता संगठन एनएमबिए रहेको छ । यसले कसरी सहयोग गरिरहेको छ ?
■ हामी आपसमा बस्छौं । हाम्रो समस्या केलाउँछौँ । यो भन्दा राम्रो कसरी बनाउने त्यहाँ छलफल गर्छौं । अहिलेको समस्यासँग कसरी जुध्ने, कुनै एउटा संस्थालाई समस्या पर्यो भने सामूहिक रूपमा हामीले कसरी सहयोग गर्ने भन्ने बारेमा छलफल गर्छौं । विभिन्न संस्थाहरूमा देखिएका बेथिति र विकृतिलाई करेक्सन गर्ने र आगामी दिनमा त्यसो हुन नदिने समझदारी र छलफल गर्छौं अबको दिनमा संस्थालाई राम्रो रूपले लानुपर्छ भन्ने विषयमा हाम्रो छाता संगठन जिम्मेवार भएर कार्य गरिरहेको छ ।

✍ अन्तिममा, कुनै विषयमा यहाँले भन्नैपर्ने केही कुरा छुट्यो कि ? साथै, लघुवित्त संस्था जुन उद्देश्यले स्थापना भयो । भविष्यमा सही मार्गमा काम गर्नको लागि के समस्या चुनौती रहेका छन् ? समाधानको उपाय के-कस्ता रहेका छन् ?
■ अहिलेको लघुवित्तको प्रमुख समस्या भनेको मल्टिपल फाइनान्सिङ हो । डुप्लिकेसन छ यसलाई हामीले आफैले नियन्त्रण गर्नुपर्छ । हामी आफै स्व-नियमनमा बस्नुपर्छ । पहिलो कुरा नाफा कमाउने मात्र होइन कि सेवा पनि दिने र संस्था पनि टिकाउने हिसाबमा हामी जानुपर्छ । दोस्रो कुरा लघुवित्त संस्थाले प्राप्त गर्ने रिसोर्स र स्रोत छ यसका लागि लघुवित्त संस्थाले पनि पब्लिकसँग डिपोजिट कलेक्सन गर्न पाउनु पर्छ । यसबाट स्रोतको सुनिश्चितता र लो कस्टमा दीर्घकालीन कोषको व्यवस्था हुनुपर्छ । होइन भने कमर्सियल बैंक र विकास बैंकसंग सिमित पैसा ल्याएर चल्नु पर्ने स्थिति छ । हामीले ल्याएको पैसा समयमा तिर्नुपर्छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको कुरा गर्नुहुन्छ भने हामीले छ साढे छ अर्बको पैसा बैंक वित्तीय संस्थाबाट लिएका छौं । यसरी लिएको पैसा तीन/तीन महिनामा किस्ता तिर्नुपर्छ । किस्ता तिर्नको निम्ति पनि जनताले पैसा तिर्दैन भने त ऋण ल्याएर तिर्नु पर्यो नि त । कमर्सियल बैंकको पैसा नतिर्ने भन्यो भने त्यो पनि जनताको पैसा हो नि त । त्यसले गर्दा स्रोतको सुनिश्तितताका लागि हामीले राज्यसंग माग गरेका हौं । यसमा हाम्रो छाता संगठन एनएमबीएको भनाई पनि यही रहेको छ । यही हामी लघुवित्त कर्मीको अपेक्षा छ । तेस्रो कुरा लघुवित्त कार्यक्रमका विरुद्धमा अहिले अनरगल प्रचार गरी भ्रम सिर्जना गरिएको छ । यसको समाधानको लागि राज्यले तदारुपता देखाउनु पर्छ । यस अघी सहमती भएका कुराहरूलाई पालना गर्नको निम्ति राज्यले पनि इनिसिएसन गरिदिनु पऱ्यो । हामीले गर्नु पर्ने कुरा हामीले पालना गरिहाल्छौं । दुई/तीन कुराहरू मध्ये एउटा नियन्त्रण गर्ने अथवा समाधान गर्ने एउटा उपाय निकाल्यो भने लघुवित्त संस्थाहरू भोलिका दिनमा चाहिन्छ, अपरिहार्य छन् । किनभने लघुवित्त संस्थाको सेवा नचाहिने भ्याकुम गराएर छोडिदिने हो भने त्यो जमात त्यो समुदायलाई सेवा दिने संस्था भोलि कुनै पनि निकायले स्थापना गर्न गाह्रो पर्छ । भएकालाई सुधारेर राख्नुपर्छ ।

अन्त्यमा, मलाई समग्र लघुवित्त संस्थाहरूको अवस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको वर्तमान अवस्थाका बारेमा महत्वपूर्ण विचार सम्प्रेषण गर्ने अवसर दिएकोमा यसे लोकप्रिय मिडियालाई धेरै धन्यवाद दिन चाहन्छु ।

प्रस्तुति : एन. उप्रेती