रुपन्देही प्रहरीले गैरकानूनी रुपमा अनुमति बिना अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट कल बाइपास गर्न प्रयोग हुने विभिन्न प्रविधिका सामानसमेत बरामद गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ झुलेनीपुर बस्ने रामप्रसाद न्यौपानेलाई कल बाइपास सञ्चालन गरिरहेका बेला उनकै निवासबाट बिहीबार नियन्त्रणमा लिई पत्रकार सम्मेलनमार्फत आज शुक्रबार सार्वजनिक गरेको हो ।
तस्बिर रासस
प्रतिक्रिया