बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्री राईको निर्देशन

बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्री राईको निर्देशन


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका सबैको सकारात्मक धारणा छ, अब यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ ? भनेर सबैको ध्यान केन्द्रित भएको छ उनले भने ।

मुख्यमन्त्री राईले बजेटको प्रभावकारी ढंगले कार्यान्वयन आजैदेखि लाग्नुपर्नेमा जोड दिँदै बजेट सफल ढंगले कार्यान्वयनबाट जनताका सपना पूरा गर्न र प्रदेशको समृद्धिको यात्रा सफल हुने धारणा व्यक्त गरे ।

उनले बजेट कार्यान्वयनमा केही चुनौती र समस्या रहेका छन् भन्दै व्यवस्थित ढंगले समस्या हल गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले संघीय सरकारले प्रदेश सरकारसमक्ष हस्तान्तरण हुनुपर्ने संरचनाहरु अहिलेसम्म हस्तान्तरण नभएको बताउँदै यस सम्वन्धमा संघीय सरकारसँग बारम्बार संवाद गरिरहेको र ती संरचनाहरु हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सबै मन्त्रालयका सचिवहरुले बजेट कार्यान्वयनको मार्ग्चित्र प्रस्तुत गरेका थिए ।