नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनहरुसंग विराटनगर महानगरपालिकाले भन्सार नाकामा सवारी कर लिन थालेपछि उद्योगी व्यापारीहरुले विरोध जनाएका छन् । पटके करका रुपमा रहेको सवारी कर २०५५ साल यता बन्द रहेकोमा यही साउन १ गते देखि पुनः संकलन गर्न शुरु गरिएपछि विरोध शुरु भएको हो ।
सरकारले विभिन्न कर लगाएर पीडित बनाएको बेला औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनमा सवारी कर थपेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरु आक्रोशित भएका छन् । भारतीय सवारी साधनहरुसंग ७५ रुपैया देखि २ सय रुपैया लिने गरिएको भएपनि नेपाली सवारी साधनहरुले भने सवारी कर तिर्ने गरेका छैनन् ।
विराटनगर भन्सार नाकाबाट दैनिक करिब ३ सय भारतीय सवारी साधनहरु नेपाल प्रवेश गर्ने गरेका रानी कर चौकीका इन्चार्ज खेम तिम्सिनाले बताए । विराटनगर महानगरपालिकाले पटके सवारी करबाट करिब १ करोड रुपैयाँ संकलन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया