हिन्दू संस्कारसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन

हिन्दू संस्कारसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन


हिन्दू संस्कारसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजदेखि नेपालगञ्जमा शुरु भएको छ ।

विश्व हिन्दू परिषद्ले आयोजना गरेको उक्त सम्मेलनमा हिन्दू संस्कार, नैतिक शिक्षालगायत विषयमा छलफल हुनेछ ।

सम्मेलनमा जर्मनी, भारत, अमेरिका, बहराइन, क्यानडालगायत ११ मुलुकका ७० जना धार्मिक विषयका ज्ञाता तथा नेपालका ५४ जिल्लाका करिब ३५० प्रतिनिधिको सहभगिता रहेको छ । हिन्दू संस्कारका लागि बाँके र बर्दियामा सञ्चालित एकल विद्यालय अभियानअन्तर्गत १४० बाल विकास केन्द्रको अवलोकनसमेत गर्ने कार्यक्रम छ ।

सम्मेलनको विश्व हिन्दू परिषद् इटलीका अध्यक्ष रमेश जैनले उद्घाटन गरेका थिए । जनकल्याण प्रतिष्ठान नेपाल, बाँकेको संयोजनमा भएको सम्मेलन सोमबारसम्म चल्नेछ ।