सनराइज बैंक लिमिटेडले तुल्सीपुर उपमहानगरपालिका–५ दाङमा शाखा बिस्तार गरेको छ । नयाँ खुलेको शाखाको उद्घाटन तुल्सीपुर उपमहानगरपालिकाका उपमेयर श्रीमती माया आचार्यले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा गरिन् । उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्य लिएको बताइएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ सेवा ४ वटा एक्सटेन्सन काउण्टर, १०५ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
प्रतिक्रिया