रोबोटसँग चाहनेका लागि ‘रोक्सी’ हाजिर

रोबोटसँग चाहनेका लागि ‘रोक्सी’ हाजिर


ramailoयौनतृप्तिका लागि मानिस, जनावरदेखि कृत्रिम साधन (खेलौना)सम्म बजारमा भेटिन्छन् । तर, जापानको एन वैज्ञानिक संस्था नेसनल इन्स्टिच्युट अफ एडभान्स इन्डष्ट्रियल साइन्स एण्ड टेक्नोलोजीले संसारको अहिलेसम्मकै उत्कृष्ट महिला रोबोटको विकास गरेको छ । ‘रोक्सी’ नाम दिइएको उक्त ‘सेक्स खेलौना’ हेर्दा एक सुन्दर युवतीजस्ती मात्र नभई मानिसजस्तै बुद्धिमान पनि रहेको यसलाई बनाउने डगलस हाइन्सको दाबी छ । जम्मा २७ किलो तौल र पाँच फुट सात इञ्च लम्बाइ भएको रोक्सीले एक्लो पुरुषलाई मायालु महिला साथीकै अनुभूति दिलाउने हाइन्स बताउँछन् । रोक्सीको मूल्य भने अलिक ज्यादा नै छ । यसलाई खरिद गरेर यौन आनन्द उठाउन चाहनेले ९ हजार डलर खर्च गर्नुपर्ने हुन्छ । स्मरण रहोस्, एक सर्भेक्षणका अनुसार यतिबेला अमेरिकामा मात्रै नौ प्रतिशत अर्थात् अढाई करोडभन्दा बढी अमेरिकी रोबोटसँग सेक्स गर्न चाहन्छन् । यसबाट प्रस्ट छ कि मानवीय संवेदना बोकेको रोक्सीजस्ता ‘रोबोट युवती’को खपत अत्यधिक हुने सम्भावना पर्याप्त छ ।

युद्धमा भन्दा आत्महत्याबाट बढी
सन् २०१२ मा अफगानिस्तानमा तालिवानविरुद्धको लडाइँमा जति सङ्ख्यामा बेलायती सैनिकको मृत्यु भयो, सो अवधिमा त्योभन्दा बढी सैनिकले आत्महत्या गरी ज्यान गुमाएको खुलासा भएको छ । बीबीसीले जनाएअनुसार गत वर्ष सेवामा बहाल रहेका २१ र सेवानिवृत्त २९ सैनिकले आत्महत्या गरेका थिए । जब कि, सोही वर्ष अफगानिस्तान लडाइँमा मरेका ४४ मध्ये ४० सैनिकको ज्यान लडाइँको मैदानमा गएको थियो । मरेका सैनिकका परिवारजनले सरकारले आवश्यक मद्दत नगरेकोले यस्तो घटना घट्ने गरेको आरोप लगाएका छन् भने बेलायती रक्षा मन्त्रालयले चाहिँ ‘आत्महत्या दुःखद् विषय भएको’ प्रतिक्रिया दिएर पन्छिएको छ । अवकाशप्राप्त सैनिकहरूद्वारा गरिने आत्महत्यामाथि अमेरिकाले जस्तै बेवास्ता गर्ने गरेको आरोप ब्रिटिस सरकारमाथि पनि लाग्दै आएको छ ।

माइकलले होस हराएपछि…
झट्ट सुन्दा यो हलिउडको कुनै एक फिल्मको स्क्रिप्टझैँ लाग्छ, तर यो कुनै सिनेमाको कथा नभई माइकल बोटराइट नामक एक अमेरिकी नागरिकले भोगिरहेको यथार्थ हो कि माइकल एक दिन बेहोसीबाट ब्युँझिँदा उनी पुरानै माइकलको चरित्रमा थिएनन् ।
घटना गत फेब्रुअरीको हो । क्यालिफोर्नियाको एक मोटलको कोठामा बेहोस भेटिएका बोटराइटको होस अस्पतालमा खुल्यो । तर, आश्चर्य ! उनले आफ्नो मातृभाषा अङ्ग्रेजी भुसुक्कै बिर्सिसकेका थिए । उनी त स्विडिस भाषा मात्र बोल्न र बुझ्न सक्ने अवस्थामा थिए । यहाँसम्म कि बोटराइटले ऐना हेर्दा आफ्नै अनुहार चिन्दैनथे, उनका लागि ऐनामा देखिने अनुहार कुनै अपरिचत व्यक्तिको थियो । यतिबेला बोटराइट आफूलाई मुडियो ह्यानियक भनेर चिनाउँछन् । ऐना हेर्दा देखिने दर्पण आफ्नो नभएको र त्यसलाई आफूले चिन्दैनचिन्ने कुरा गर्छन् उनी । सन् १९८०–९० को दशकमा भियतनाम युद्धको बेला एक सिपाहीका रूपमा स्वीडेन बसेका माइकलको होस फर्काउनका लागि यतिबेला उनलाई स्वीडेन पु-याइएको छ र त्यतिबेलाकी उनकी प्रेमिकाको साथमा राखिएको छ । पूर्वप्रेमिकाले पनि माइकलको गुमेको याद पूर्ववत् अवस्थामा फर्काउनका लागि आफ्नोतर्फबाट पूरै साथ दिइरहेकी छिन् ।

माइक टाइसन मृत्युको मुखमा !
आफ्नो जमानाका विश्वकै सफल बक्सर माइक टाइसनले ड्रग्स र मदिराको कुलतले आफ्नो जिन्दगी नै तहसनहस भएको बताएका छन् । यही कुलतका कारण बितेका वर्षमा आफूबाट नराम्रा व्यवहारहरू भएको स्वीकार गर्दै टाइसनले यस समस्याबाट मुक्ति पाउने आशा आफूले गरेको पनि बताए । टीभी च्यानल ईएसपीएनको एक कार्यक्रम ‘फ्राइडे नाइट्स’मा कुरा गर्दै ४७ वर्षीय टाइसनले भने, ‘म अहिले नै मर्न चाहन्न, बरु एक सरल जीवन जिउन चाहन्छु । तर रक्सी र ड्रग्सकै कारण म मृत्युको सङ्घारमै पुगेको छु । कहिलेकाहीँ म निकै खराब काम गर्न पुग्छु, तर म यस्ता व्यवहारहरू भुल्न चाहन्छु ।’
सन् १९८७ मा टाइसन जम्मा २० वर्ष उमेरका थिए, तथापि त्यही उमेरमै डब्लूबीसी, डब्लूबीए तथा आईडब्लूएफको प्रतिस्पर्धा जित्ने उनी सबभन्दा युवा बक्सर बनेका थिए । तर, त्यसको पाँच वर्षमै एक बलात्कारको मामला पुष्टि भएर उनीमाथि ६ वर्षको जेल सजाय सुनाइयो । यसपछि पनि उनी बक्सिङ रिङमा त फर्किए तर सन् २००६ मा उनले खेलबाट सन्न्यास लिए । त्यसपछि २००७ मा उनी नसालु पदार्थ राखेको र नसामा डुबेर ड्राइभिङ गरेको अभियोगमा २४ घन्टा जेल पर्नुका साथै ३६० घन्टा सामुदायिक सेवा गर्नुपर्ने सजायका भागीदार बने ।
अमेरिकाको ब्रुकलिनमा जन्मिएका टाइसन भन्छन्, ‘म आशा गर्छु कि ती सब भुलेर म आफ्नो जीवन बदल्न चाहन्छु । मैले ६–७ दिनदेखि रक्सी र ड्रग्स सेवन गरेको छैन, यो मेरै लागि आश्चर्यको कुरा हो ।’