नेप्सेमा २.५६ अंकको गिरावट

नेप्सेमा २.५६ अंकको गिरावट


साताको अन्तिम कारोबारको दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ ।

शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार कुल १६२ कम्पनीको ६ लाख ७२ हजार ३६८ कित्ता शेयर रु. २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरिद–बिक्री भएको छ । कुल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ ०.७३ र उत्पादन समूह १.१७ बिन्दुले बढ्दा होटेल २.२५, विकास बैंक ८.२७, जलविद्युत १.५६, वित्त १.९६, निर्जीवन बिमा ५७.३७, अन्य ४.३९, माइक्रोफाइनान्स १०.७२, बिमा २६.०६ बिन्दुले घटेको छ ।

यस्तै, स्टकमा एनएमबी बैंकले शेयर मूल्य समायोजन गरेको जानकारी गराएको छ । बैंकले रु. ३१७.३९ प्रतिकित्ता शेयरमा १५ प्रतिशत बोनस शेयरसमेत थप गरेको छ । बैंकको शेयरको आधारभूत मूल्य रु. ३९१.७ कायम भएको छ ।