राष्ट्र बैंकले मुद्दती निक्षेपमा २२ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २२ करोड १५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । जसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरेको छ ।
राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई लिन चाहेको रकम र प्रस्तावित व्याजदरसहित श्रावण २१ गतेसम्म शिलबन्दी दरभाउ आवेदन दिन सक्ने जनाएको छ ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा १७ करोड ७३ लाख, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३ करोड ३१ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा एक करोड ११ लाख रुपैयाँ निक्षेप लगानी गर्ने जनाएको छ ।
प्रतिक्रिया