टेलिकमले शुरु गऱ्योआईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा

टेलिकमले शुरु गऱ्योआईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा


नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच (FTTH- Fiber To The Home) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको आरम्भको अवसरमा ०७५ साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमले जनाएको छ ।

आईपीमा आधारित प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा (High Speed Internet) का साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुने टेलिकमको दाबी छ ।

बताइएअनुसार यसका लागि ग्राहक वर्गलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरूमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरूमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ । हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै कम्पनीले एफटीटीएच सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पु¥याई त्चष्उभि एबिथ Triple Play (Voice, High Speed Internet, Video) सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुने कम्पनीले जनाएको छ ।