नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ । आज (साउन २०) भएको सम्झैताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिने जानकारी दिइएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया