१.४३ बिन्दुले घट्यो शेयर

१.४३ बिन्दुले घट्यो शेयर


साताको पहिलो दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार १८९.८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ बिन्दुले घटेर २५०.९७ बिन्दुले घटेको छ ।

कुल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु. १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद–बिक्री भएको छ । स्टकका अनुसार आज पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ३.५१, जलविद्युत ५.६५, वित्त ०.९७, निर्जीवन बीमा ३०.९२ र उत्पादन २०.०६ बिन्दुले घटेको छ ।

यस्तै होटेल ४.२४, विकास बैंक ११.१७, अन्य ६.४९, माइक्रोफाइनान्स ०.२१ र बिमा ३.६४ बिन्दुले बढेको छ । आज सिटी एक्सप्रेस फाइनान्स कम्पनी र आरएमडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने आईएमई जनरल इस्योरेन्स कम्पनी र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।