नेपाली क्रिकेट टोली स्वदेश फर्किदैं, सिपिएल खेल्न सन्दीप वेस्ट इन्डिजतर्फ

नेपाली क्रिकेट टोली स्वदेश फर्किदैं, सिपिएल खेल्न सन्दीप वेस्ट इन्डिजतर्फ


नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै छ । ऐतिहासिक इङ्ल्याण्ड र नेदरल्यान्ड्सको महत्वपूर्ण भ्रमण सकाएर राष्ट्रिय टोली आज स्वदेश फर्कने भएको हो ।

नेपालले नेदरल्यान्डससँग भएको दुई खेलमा एक खेलमा पराजित र एक खेलमा जित हासिल गरेको थियो । नेपालको यो नै एकदिवसीय क्रिकेटमा पहिलो ऐतिहासिक जित थियो ।

नेपालले क्रिकेटको मक्का मानिने इङ्ल्याण्डको लड्समा नेदरल्यान्ड, एमसिसीसंग मैत्रीपुर्र्ण टि–ट्वान्टी सिरिज खेलेको थियोे । जस्मा नेपाल र नेदरल्यान्ड सयुक्त रूपमा बिजयी भएका थिए ।

यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलिका महत्वपूर्ण खेलाडी सन्दीप लामिछाने नेदरल्यान्ड्सबाट क्यारिबियन प्रीमियर लिग सिपिएल खेल्न वेस्ट इन्डिजतर्फ लागेका छन् ।

अगस्ट १ र ३ तारीखमा ऐतिहासिक एक दिवसीय क्रिकेट सिरीज खेल्न नेपाल नेदरल्यान्डस् पुगेको थियो । अब नेपालले अगष्टको २९ देखी मलेसियामा एसिया कप क्रिकेटको छनोटको खेल खेल्नेछ ।

पहिलो खेल नेपालले ओमानसँग अगष्ट २९ मा बायोमास ओभलमा खेल्नेछ । अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएईं) को सामना गर्नेछ । सेप्टेम्बर १ मा नेपालले आयोजक मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग खेल्नेछ । ६ राष्ट्र सम्मिलित छनोट खेल सेप्टम्बर ७ सम्म चल्नेछ ।