सिप्रदी ट्रेडिङ प्रालिको ‘आफ्नो गाडी आफै सवारी’ अभियान

सिप्रदी ट्रेडिङ प्रालिको ‘आफ्नो गाडी आफै सवारी’ अभियान


सिप्रदी ट्रेडिङ प्रालिले ‘आफ्नो गाडी आफै सवारी’ नामक व्यावसायिक अभियान प्रारम्भ गरेको छ । यो अभियान विशेष गरी रोजगारीको अवसर खोजिरहेका युवाप्रति लक्षित छ ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नारा दिएर व्यवसायिक अभियान शुरु गरेको छ । अभियान विशेष गरी रोजगारीको अवसर खोजिरहेका युवाप्रति लक्षित गरिएको हो । अभियान कै क्रममा कम्पनीले सिप्रदीको सुमो गोल्ड सार्वजनिक गरेको छ ।

अभियानले स्वदेशमा नै रोजगारीको सिर्जना गरी युवाहरुको वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने बाध्यतालाई कम गर्नेछ भन्ने कम्पनीको विश्वास छ । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले लगभग ४० लाख रुपैयाँ पर्ने सुमोमा ३० प्रतिशत डाउन पेमेन्ट दिएर खरिद गर्न सकिने बताए ।

अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निःशुल्क ड्राइभिङ तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुविधा पाउने भएका छन् । कम्पनीले अभियान अन्र्तगत २ वर्षका लागि सञ्चारकर्मी रवि लामिछानेलाई अनुबन्धित गरिएको जनाएको छ । सञ्चारकर्मी लामिछानेले समाजका लागि रोजगारीमूलक अभियानमा सामेल हुन पाएको भन्दै नेपाली युवालाई टाटा सुमो अपनाएर स्वरोजगार बन्न पे्ररित गर्ने उद्घोष गरे ।

३७ वर्षदेखि कार्यरत सिप्रदीको बार्षिक ३५ करोड अमेरीकी डलर भन्दा बढी कारोबार रहेको कम्पनीले जनाएको छ । नेपालमा टाटा गाडीको बिक्री–वितरणका लागि सिप्रदीका १९ बिक्री कार्यालय र २५ सेवा केन्द्रहरु रहेका छन् ।