लमजुङको मस्र्याङदी कोरिडोरमा निर्माण गर्न लागेको २२० केभी प्रसारण लाइन परियोजनाले माग पुरा नगरे काम गर्न नदिने चेतावनी दिएका छन् ।
भुलभुले मध्यमस्र्याङदी १३२ केभी प्रसारण लाइनबाट पिडितहरुले आफूहरुले भनेजस्तो नभए २२० केभी निर्माणमा अवरोध गर्ने बताएका छन् । जिल्लाका पिडितहरुले यसअघि १३२ केभी प्रसारण लाइन निर्माणका क्रममा मुआब्जा लगायतका विषयमा असन्तुष्ट भई आन्दोलन गर्दै आएका छन् । विश्व बैकको लगानीमा नेपाल सरकारले लमजुङको उदिपुरदेखि मनाङको तालसम्म २२० केभीको प्रसारण लाईन निर्माण गर्न लागेको हो ।
मस्र्याङदी करिडोरमा निर्माणाधिन २२० केभि प्रसारण लाईन परियोजना कानुन विपरित भएको भन्दै प्रभावितहरुले अन्तराष्ट्रिय लगानी कर्ताको ध्यानाकर्षण समेत गराएका हन् । स्वतन्त्र अग्रिम सूचनासहितको मञ्जुरी (एफपिक) तथा स्वातन्त्र अधिकार मञ्च लमजुङले उक्त परियोजनाको मुख्य लगानीकर्ता युरेपियन इन्भेष्टमेण्ट बैकमा उजुरी दर्ता गरेका हुन् । एफपिक तथा अधिकार मञ्च लमजुङका अध्यक्ष खेमजंङ गुरुङले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि प्रभावितको अधिकार र मागको बारेमा चासो नदिएपछि अन्तराष्ट्रिय लगानीकर्ताको ध्यानाकर्षण गराउन बाध्य भएको बताए ।
यता, संघर्ष समितिका सचिव चन्द्रबहादुर मिश्रले पुरानो मागकै सम्बोधन नभएको भन्दै माग पुरा नभएसम्म काम अघि बढ्न नदिने बताए । समितिले विद्युत प्रशारण लाईनबारे सरोकारवालाहरुविच सार्वजनिक सुनुवाई र वातावरणीय प्रभाव मूल्याङ्कन सार्वजनिक गर्न माग गरेको छ ।
यस्तै, तारमुनि रहेको जग्गामा घर निर्माण गर्न नमिल्ने, वेचविखन हुन नसक्ने र वैङ्क लगायत कुनै पनि वित्तिय संस्थाहरुमा धितोमा पनि नलिने हँुदा उक्त जग्गाको सवै कित्ताहरुको पूर्ण मुआव्जा र क्षतिपूर्ति उपलब्ध गराई लागत कट्टा गराउन पिडितहरुले माग गरेका छन् ।
प्रतिक्रिया