नागपञ्चमीको अवसरमा नागपोखरीको सरसफाइ

नागपञ्चमीको अवसरमा नागपोखरीको सरसफाइ


यस वर्षको नागपञ्चमीको अवसर पारेर नक्सालस्थित नागपोखरीमा आज सरसफाइ गरिएको छ ।

काठमाडौं महानगरपालिका–१ नक्सालमा बिहीबार हुने नागपञ्चमी तथा मेलाका लागि स्थानीयवासीले पोखरी तथा त्यसवरपर सफा गरी फोहोर व्यवस्थापन गरेका हुन् । पोखरीको मध्यबिन्दु तथा केन्द्रमा नागसहितको ठूलो खम्बा गाडिएको छ । नागको प्रतिमा निर्माण गरिएको उक्त पोखरीको लम्बाइ १२५ र चौडाइ ६५ फिट रहेको छ ।

नागपञ्चमीका दिन यहाँ नागको विशेष पूजा गरिन्छ । पोखरीमा ध्वजापताकासहित भजनकीर्तन, डुंगासयर र विभिन्न पसल सञ्चालन गरिने नागपोखरी मेला व्यवस्थापन समितिका सदस्य रोशन श्रेष्ठले जानकारी दिए । ०३३ मा जीर्णोद्धार गरिएको नागपोखरीको नक्साल युवा मण्डल र नक्साल संरक्षण गुठीले संरक्षण गर्दै आएको छन् ।