बाग्लुङमा पहिरोमा परी सासूबुहारी बेपत्ता

बाग्लुङमा पहिरोमा परी सासूबुहारी बेपत्ता


बाग्लुङको निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज (बुधबार) बिहान गएको पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका छन् ।

पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उनीहरू च्यापिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ ।