व्यवसायीद्धारा विज्ञापन काउन्सिल गठनको माग

व्यवसायीद्धारा विज्ञापन काउन्सिल गठनको माग


नेपाल विज्ञापन संघले १० औं कृति अवार्डका लागि छनौट कार्य सम्पन्न गरेको छ । विज्ञापन संघले विभिन्न कम्पनीहरुलाई सम्मानका लागि छनौट गरेका हुन् ।

थप पुरस्कृत र व्यवसायिक विज्ञापनको दुनियाँमा अझ प्रगाढ बनाउने उद्धेश्यका साथ संघले वर्षभरी उत्कृष्ट काम गर्ने विज्ञापन एजेन्सीहरुलाई कृति अवार्डबाट सम्मानित गर्न लागेको हो । कार्यबmममा प्रोफेसर डा. दिपक रञ्जनले विकशित दुनियाँमा विज्ञापन अपरिहार्य भएको बताउँदै नेपालले पनि विज्ञापन विकासमा फराकिलो दायरा बनाउन आवश्यक भएको बताए ।

कार्यक्रममा नेपालमा विज्ञापन नीति कै अभाव रहेको बताउँदै व्यवसायीहरुले विज्ञापन काउन्सिल गठन गर्न माग गरेका छन् । संघले १० औं कृति अवार्डमा मनोनितहरुलाई २३ विधामा सम्मान गर्न लागेको हो ।