कलंकीको अन्डरपास भोलिबाट सञ्चालनमा

कलंकीको अन्डरपास भोलिबाट सञ्चालनमा


कलंकीमा निर्माण भएको अन्डरपास भोलिदेखि सञ्चालनमा आउने भएको छ । चिनियाँ सरकारको सहयोगमा निर्माण भएको सो अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने ट्राफिक जामबाट यात्रुले मुक्ति पाउने विश्वास गरिएको छ ।

‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।

सांसदको विकास समिति बैठकमा सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भालिदेखि सो अन्डरपास सुरु गर्ने विषयमा चिनियाँ निर्माण कम्पनीसँग छलफल भएको जानकारी दिए ।

अब भोलिदेखि चक्रपथमा घुम्ने सवारीसाधन जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् भने नागढुंगाबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुंगातर्फ जाने सवारीसाधनहरू अहिले प्रयोग भइरहेकै सडकबाट आवतजावत गर्नेछन् ।

यसका अलावा खसी बजारबाट नागढुंगा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुंगा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ ।