खडक नगरपालिकाको बजेट ५० करोड ३९ लाख

खडक नगरपालिकाको बजेट ५० करोड ३९ लाख


चालू आर्थिक वर्ष ०७५–७६ का लागि सप्तरीस्थित खडक नगरपालिकाले दोस्रो नगरसभाबाट रु. ५० करोड ३८ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख हेमायु हकले चालू आवको नीति, कार्यक्रम र बजेट संक्षेपीकरण सार्वजनिक गर्दै चालूतर्फ रु. ३२ करोड ५० लाख ३० हजार तथा पुँजीगततर्फ रु. १७ करोड ८८ लाख ४५ हजार बजेट रहेको बताए ।

‘समृद्घिको आधार, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार’ नाराका साथ आयोजना गरेको बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रमुख हकले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै कुल बजेटको ५७ दशमलव ४८ प्रतिशत विनियोजन गरिएको जानकारी दिए । उक्त शीर्षकमा नगरपालिकाले रु. नौ करोड ७० लाख ६५ हजार विनियोजन गरेको छ । यस वर्ष नगरपालिकाले पूर्वाधार विकासतर्फ ५७ दशमलव ४८ प्रतिशत रकम विनियोजन गरेको छ ।

सामाजिक विकासका लागि रु. तीन करोड तीन लाख ७५ हजार, आर्थिक विकासतर्फ रु. ७७ लाख ३० हजार, संस्थागत विकास एवं सेवा प्रवाहतर्फ रु. दुई करोड ४४ लाख पाँच हजार तथा वित्तीय व्यवस्थापन र सुशासनतर्फ रु. १५ लाख विनियोजन गरिएको छ । रु. ६० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।