कुनै बेला आफ्नै लोड धान्न नसेकेर बेहाल अवस्थामा पुगेको नेपाल विद्युत प्राधिकरण सरकारको निशानामा थियो । जब कुलमान घिसिङ कार्यकारी निर्देशक भएर प्राधिकरण छिरे तब मात्रै संस्थाले केही मुनाफा आर्जन गर्न सफल भयो । तर १४ अर्बको विद्युत चुहावटको विषयलाई छाडेर प्राधिकरण एक अर्ब नाफामा गर्व गरिरहेको छ ।
गत आर्थिक बर्ष २०७४÷७५ मा नेपाल विद्युत प्राधिकरण केन्द्रीय प्रणालीबाट १४ अर्ब रुपैयाँभन्दा बढीको विद्युत खेर गएको छ । प्राधिकरण पछिल्लो समय चोरी नियन्त्रणमा आक्रमक बने पनि प्राविधिक चुहावट नियन्त्रण हुन भने सकेको छैन् । प्राधिकरणका अनुसार गत बर्ष प्रणालीमा ७ अर्ब ५ करोड ७० लाख युनिट विद्युत उपलब्ध थियो । जसमा ५ अर्ब ६१ करोड ३८ लाख युनिट विद्युतमात्र बिक्री भएको छ । कूल उपलब्ध विद्युतमध्ये १ अर्ब ४४ करोड ३२ लाख युनिट चोरी तथा चुहावट भएको हो । यस हिसाबमा १४ अर्बको विद्युत चुहावट भइरहँदा प्राधिकरणले भने एक अर्ब रुपैयाँ नाफा कमाएको पक्षलाई बढी चर्चा गरेको छ ।
प्राधिकरणले गत आवमा औसत प्रतियुनिट १०.०४ रुपैयाँमा उपभोक्तालाई विद्युत बेचेको छ । यही आधारमा चोरी तथा चुहावट भएको विद्युतको रकम हिसाब गर्दा करिब १४ अर्ब ४९ करोड रुपैयाँ हुन्छ । अघिल्लो आवमा २२.९० प्रतिशत रहेको चुहावट गत आवमा २०.४५ प्रतिशतमा झरेको छ ।
चोरीको दर कम भए पनि प्राविधिक वा प्रणाली सुधारमा ध्यान दिइएको छैन । प्रणालीमा अझै करिब ५ प्रतिशत चोरी रहेको प्राधिकरणकै अधिकारी बताउँछन् । आगामी दिनमा चोरी कम गर्दै ठूलो लगानी गरेर प्राविधिक चुहावट कम नगर्ने हो भने संस्थाको आर्थिक अवस्थामा उल्लेखनीय सुधार हुने संकेत देखिँदैन ।
गत आर्थिक बर्षमा संस्थाको नाफा करिब ९८ करोड रुपैयाँ हुने अनुमान छ । यद्यपि, अन्तिम लेखा परीक्षण हुन बाँकी छ । अहिलेकै नाफाका आधारमा उक्त सञ्चित घाटा निर्मूल गर्न प्राधिकरणलाई अझैं साढे दुई दशक बढी समय लाग्ने देखिन्छ । यता, आधिकारिक टे«ड युनियनका अध्यक्ष जनार्दन भट्ठराईले सामुदायिक विद्युत संस्थाहरुको कारणले विद्युत प्राधिकरणको चुहावट बढेको प्रष्ट पारे । उनले सामुदायिक संस्थाले मनोमानी ढंगले उपभोक्तासँग रकम असुल्ने गरेको भन्दै सामुदायिक संस्थालाई खारेज गर्नुपर्नेमा जोड दिए ।
गत आर्थिक बर्षमा प्रणालीमा उपलब्ध विद्युतमध्ये २ अर्ब ५८ करोड २० लाख युनिट भारतबाट आयात भएको छ । यसबापत प्राधिकरणले १९ अर्ब ३७ करोड रुपैयाँ भारतलाई तिर्दै आएको छ । यसको आधारमा प्राधिकरणले आफ्नो आम्दानीको ५० प्रतिशतभन्दा बढी अर्थात ३३ अर्ब ८२ करोड रुपैयाँको विद्युत किन्न खर्च गरेको हो । प्राधिकरणले आगामी दिनमा नाफामा चमत्कारिक सुधार गर्न प्राविधिक चुहावट तथा प्रणाली सुधारमा ध्यान दिन आवश्यक छ ।
अहिलेकै नाफाका आधारमा उक्त सञ्चित घाटा निर्मूल गर्न प्राधिकरणलाई साढे दुई दशक बढी समय लाग्ने देखिन्छ । अप्राविधिकसँगै प्राविधिक चुहावटमा सुधार गर्न सके आगामी दिनमा नाफामा थप सुधार हुने प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् । तर, यसतर्फ नेतृत्वले खासै ध्यान दिएको छैन ।
गत आवमा प्रणालीमा उपलब्ध विद्युतमध्ये २ अर्ब ५८ करोड २० लाख युनिट भारतबाट आयात भएको छ । यसबापत १९ अर्ब ३७ करोड रुपैयाँ भारतलाई तिरिएको छ । यस्तै, २ अर्ब १६ करोड ७० लाख युनिट विद्युत स्वदेशी निजी क्षेत्रसँग किनिएको छ । समग्रमा प्राधिकरणले गत वर्ष ४ अर्ब ७४ करोड ९० लाख युनिट विद्युत किनेको छ । यसको आधारमा प्राधिकरणले आफ्नो आम्दानीको ५० प्रतिशतभन्दा बढी (३३ अर्ब ८२ करोड रुपैयाँ) विद्युत किन्न खर्च गरेको छ ।
प्रतिक्रिया