रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoएक अर्बको ब्रा
महिलाले प्रयोग गर्ने भित्री वस्त्र (ब्रा) को मूल्य कतिसम्म हुन सक्छ ? जति नै अतिसयोक्तियुक्त अनुमान गरिए पनि केही हजार वा लाखभन्दा ज्यादा एउटा ब्राको मूल्य आँकलन गर्न सकिन्न । तर, आगामी डिसेम्बरमा आयोजना हुन लागेको ‘लन्जरी भिक्टोरिया सेक्रेट शो’ नामक फेसन शोमा दश मिलियन डलर अर्थात् एक अर्बभन्दा बढी मूल्य पर्ने ब्रा प्रदर्शन गरिन लागिएको छ । मूल्य सुन्दै कहाली लाग्ने उक्त ब्रा स्वीट्जरल्यान्डका प्रसिद्ध ज्वलरी डिजाइनर मोवाडले तयार पारेका हुन् । क्यान्डिस स्वानपोल नामक मोडलले पहिरिएर प्रदर्शन गर्न लागेको उक्त ब्रामा रुबी, हिरा एवम् निलमलगायतका महँगा पत्थरका साथै १८ क्यारेट सुन प्रयोग भएको छ । सम्भवत: विश्वकै आजसम्मको महँगो उक्त ब्रा पहिरिएर ¥याम्पमा उत्रने सौभाग्य क्यान्डिस स्वानपोल नामक मोडलले पाउने भएकी छिन् । स्वानपोलले उक्त ब्रा पहिरिएर क्याटवाक गर्दा दर्शकहरू अत्यन्त मुग्ध भई हेरेकोहे¥यै हुने अनुमान गरिएको छ ।

‘यो कुकुर हो कि घोडा ?’
उचाइ सात फिट चार इन्च, तौल ७० किलोभन्दा बढी अनि दिनमा १४ किलोको खान्की ! कुनै घोडा नभई एक कुकुरको कुरा हो यो । पहिलोपटक झ्वाट्ट देख्दा मानिसहरू यसलाई घोडा नै भन्ने ठान्छन्, तर राम्ररी नियालेपछि प्रस्ट हुन्छ– यो त कुकुर नै हो । अमेरिकाको मिसिगनमा रहेको उक्त सिकारी कुकुर विश्वकै सबभन्दा अग्लो कुकुरका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । हुन पनि उक्त कुकुरको पञ्जादेखि काँधसम्मको उचाइ नै १.१२ मिटर रहेको छ भने उमेर तीन वर्ष पुगेको छ । कुकुरका मालिक डेनिस सबभन्दा अग्लो कुकुरको मालिक बन्न पाउँदा गर्व त गर्छन्, तर मानिसहरूले ‘यो कुकुर हो कि घोडा ?’ भन्ने प्रश्न गरेरचाहिँ उनलाई धुरुक्कै पार्ने गरेका छन् ।

संसारकै ठूलो हिप पाएर मख्ख
संसारमा ठूलो हिप भएकी महिलाको सङ्ख्या असङ्ख्य हुन सक्छ । तर, अमेरिकाको लसएन्जलसनिवासी मिकेल रफिनलीले विश्वकै सबभन्दा ठूलो हिप भएकी महिलाको रूपमा परिचित हुने सौभाग्य पाएकी छिन् । सौभाग्य यस अर्थमा कि आफ्नो ठूलो हिपका कारण आइपर्ने अप्ठ्याराहरूका बाबजुद उनी निकै खुसी र सन्तुष्ट छिन् । उनको हिसको घेरा करिब आठ फुटको छ भने कम्मर ४० इञ्चको । मिकेल एक्सरसाइज गरेर हिपको साइज घटाउन भनी शुभचिन्तकहरूले दिने सल्लाहतर्फ पटक्कै ध्यान दिन्नन् । उल्टै उनी त्यस्तो सल्लाह दिनेलाई ‘चल्तीका सेलिब्रेटीहरू जेनिफर लोपेज, किम कार्देसियन, बियोन्सेभन्दा के कम छु ? उनीहरू आफ्नो ठाउँमा सुन्दर छन् भने म पनि मेरो अलग साइजको हिपकै कारण आकर्षक छु नि !’ भन्ने जवाफ दिन्छिन् । उनी थप तर्क गर्दै भन्छिन्, ‘आखिर मर्दहरूलाई पनि शारीरिक रूपले तन्दुरुस्त र हिष्टपुष्ट महिला नै मन पर्छ, सुकेको डण्डीजस्ती दुब्ली महिला होइन ।’ चार सय १८ केजी तौल भएकी ३९ वर्षीया मिकेल कारको सिटमा नअट्ने हुनाले ट्रकमा सवार हुन्छिन् । घरमा उनी बस्नका लागि स्टिलको कुर्सी बनाइएको छ भने सातफुटे दह्रो पलङमा उनी सुत्ने गर्छिन् ।

सेवकलाई नपुङ्शक बनाइदिन्थे आशाराम
यौन आरोपमा मुछिएर जेलको हावा खान पुगेका भारतीय एक कथित सन्त आशाराम बापुमाथि बलात्कारको आरोपमाथि अन्य आक्षेपहरू थपिँदै गएका छन् । सुरुमा शिवा नामक किशोरीले आफूलाई आशारामले पटक–पटक बलात्कार गरेको खुलासा गरेकी थिइन्, जुन मामलाले आशारामलाई जेलसम्म पु¥यायो भने पछि फेरि शिल्पी नामक महिलाले पनि आफूमाथि बलात्कार भएको खुलासा गरेर आशारामको समस्या बढाइदिइन् । त्यसमाथि पनि उनका छोरा नारायण स्वामीमाथि पनि आश्रमका चेलीहरूमाथि बलात्कार गर्ने गरेको आरोप लागेर उनीसमेत प्रहरीबाट भाग्दै हिँड्नुपरेको छ । यसैबीच आशारामका विषयमा थप खुलासा भएको छ । उनले आफ्ना पुरुष सेवकहरूलाई एक विशेष जडीबुटी खान दिएर नपुङ्शक तुल्याउने गरेको खुलासा उनकै अन्तरङ्गी सेवकका रूपमा काम गरेका एकजनाले गरेका छन् । आशारामको दिल्ली, इलाहावाद, अलिगढ, नेमिष, शहजहाँपुर आदि स्थानमा अत्यन्त नजिकको सेवादार भएर काम गरेका शिवनाथ नामक व्यक्तिले दाबी गरेअनुसार आशारामले केराको बोटको जराबाट निकालिएको पानीमा थप केही विशेष औषधि मिलाएर आफ्ना सबै पुरुष सेवकहरूलाई खुवाउने गर्दथे, जसबाट सेवकहरूको यौनअङ्ग हरदम शिथिल रहन्थ्यो । उनले यसो गर्नुमा सेवकहरूको ध्यान आफ्नी पत्नी या महिला मित्रहरूतिर नगई आफ्नै सेवामा मात्र लागिरहुन् र आफूकहाँ आउने महिला भक्तिनीहरूमाथि सेवकहरूले कामवासनाको ध्येयले व्यवहार नगरून् र आफूले मात्र उनीहरूलाई भोग्न पाइयोस् भनेर आशारामले यस्तो गर्ने गरेका थिए । आशारामको यही हर्कतका कारण उनका पुरुष सेवकका पत्नीसँग सम्बन्ध टुट्ने परिस्थिति पैदा भएको पनि शिवनाथले खुलासा गरेका छन् ।

छोरीहरूले गराए बाउको बिहे
साउदी अरबमा एक ९० वर्षीय वृद्धलाई उनका पाँच छोरीहरू मिलेर विवाह गराइदिएका छन् । वृद्धकी पत्नीले मर्नेबेला व्यक्त गरेको अन्तिम इच्छाको कदर गर्दै छोरीहरूले तीन महिना लगाएर ५३ वर्षीया एक नि:सन्तान विधुवा महिला खोजेर आफ्ना बाबुकी दुलही बनाइदिएका हुन् । फातिस अल थाकाफी नामक वृद्धले विवाह गर्न सुरुमा आनाकानी गरे पनि पाँच छोरी र सातजना छोराले एकसाथ दबाब दिएपछि दोस्रो बिहे गर्न राजी भएका थिए । विधवा महिलालाई बाबुसँग बिहे गर्न मनाउनका लागि छोरीहरूले ६ हजार ६ सय पैँसट्ठी डलर खर्च गर्नुपरेको गल्फ न्युजले जनाएको छ ।