विवाद समाप्त
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेका केही राष्ट्रिय खेलकुद सङ्घमा विवाद कायमै रहे पनि नेपाल एमेच्योर एथलेटिक्स सङ्घको विवाद भने समाप्त भएको छ । हालै राष्ट्रिय मान्यताप्राप्त एथलेटिक्स सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र अन्तर्राष्ट्रिय मान्यताप्राप्त एथलेटिक्स सङ्घका महासचिव रवि राजकर्णिकारले राखेपका सदस्यसचिव युवराज लामाको उपस्थितिमा विभिन्न चार बुँदामा सहमति गरेर विवादलाई सदाका लागि समाप्त गरेका हुन् । सो अवसरमा अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घ (आईएएफ) का प्रतिनिधि जी इस्रामको समेत उपस्थिति रहेको थियो । एथलेटिक्स सङ्घको विवादलाई समाधान गर्न दुवै पक्षले सहमति जनाउँदै नौ सदस्यीय तदर्थ समितिको पनि गठन गरिएको छ । जसलाई एथलेटिक्स सङ्घको लोकतान्त्रिक निर्वाचनको जिम्मेवारीसमेत दिइएको छ । निर्वाचन आगामी सन् २०१४ फेब्रुअरी २० तारिखसम्म गर्नुपर्नेछ ।
नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त दुईवटा एथलेटिक्स सङ्घ अस्तित्वमा देखिएपछि केही महिना पहिले विवाद सुल्झाउन दुवै पक्ष सहमत भएका थिए । जसका लागि दुवै पक्षको सहमतिसहित राखेपको पहलमा अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घमा पत्राचार गरिएको थियो । त्यसपछि महासङ्घले अन्तर्राष्ट्रिय मान्यताप्राप्त एथेटिक्स सङ्घलाई ‘स्ट्यान स्टिल’मा राख्दै वल्र्ड च्याम्पियनसिप सकेपछि आफ्नो प्रतिनिधि पठाउने भनेर पत्राचार गरेको थियो । सोअनुरूप आईएएफका प्रतिनिधि जी इस्रामको उपस्थितिमा किरण गिरीको संयोजकत्वमा एथलेटिक्स सङ्घको तदर्थ समिति गठन गरिएको हो । उक्त तदर्थ समितिमा दुवै सङ्घका चार–चार प्रतिनिधि रहेका छन् । जसमा राष्ट्रिय मान्यताप्राप्त सङ्घबाट मानबहादुर न्यौपाने, सुनिल राजवंशी, आरके विष्ट र दिवाकरलाल अमात्य रहेका छन् भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त सङ्घबाट रूपालशमशेर राणा, भैरव शाही, सन्तोष श्रेष्ठ र रञ्जन भट्टराई रहेका छन् । त्यस्तै समितिमा रहेका अन्ये सदस्यले आगामी समयमा हुने निर्वाचनमा भाग लिन पाउने भए पनि संयोजकले भने नपाउने जानकारी गराइएको थियो ।
लामो समयदेखि चल्दै आएको एथलेटिक्स सङ्घको विवादलाई समाधान गर्न निलेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारले बृहत् छलफल गरी चार बुँदामा सहमति गरेका थिए । यो सहमति जुटाउन राखेपका सदस्यसचिव युवराज लामाले अहम् भूमिका निर्वाह गरेका थिए । सहमति भएका बुँदाहरूमा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने, संशोधित नयाँ विधानलाई स्वीकृति प्रदान गर्ने, सङ्घको विवादलाई स्थायी रूपमा समाधान गर्न सन् २०१४ को फेब्रुअरी २० सम्म निर्वाचन गर्ने, अन्तर्राष्ट्रिय जगत्मा एमेच्योर भन्ने शब्द नभएको अर्थात् हटिसकेकाले नेपाल एमेच्योर एथलेटिक्स सङ्घको नाम परिवर्तन गरी नेपाल एथलेटिक्स सङ्घ कायम गर्ने रहेका छन् । सहमतिका बुँदाहरूलाई कार्यान्वयन गर्दै भएको निर्वाचनलाई आईएएफले मान्यता दिने बुझिएको छ । यसपछि एथलेटिक्स सङ्घको विवाद सदाका लागि समाप्त हुनेछ ।
एथलेटिक्स सङ्घमा देखिएको विवादका कारण नेपालको अन्तर्राष्ट्रिय छवि धुमलिएको भन्दै विवाद समाधानका लागि आफूले निकै लचकता अपनाएको सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको झगडाले खेलाडीहरू निकै मर्कामा परेको प्रस्ट पार्दै श्रेष्ठले विवादलाई किनारा लगाउन निर्वाचित अध्यक्ष पदसमेत त्यागेको बताए । श्रेष्ठले निर्वाचनअघि जिल्लामा शून्यबाट कार्य थालिने र जिल्ला सङ्घहरूको पुनर्गठन गरिने बताए । हाल जिल्लामा २६ सङ्घ रहे पनि सक्रियताको आधारमा थप गरेर ३० सम्म पु¥याउने बताए । यसपछि स्वच्छ निर्वाचन हुने र आईएएफले पनि मान्यता प्रदान गर्ने कुरामा आफू ढुक्क रहेको प्रस्ट पारेका थिए । विवाद समाधानका लागि योभन्दा अर्को विकल्प नभएको र समग्र एथलेटिक्सको विकासको यो नै अन्तिम उपचार भएको श्रेष्ठको कथन थियो । त्यस्तै विगत १३ वर्षदेखि एथलेटिक्स सङ्घ नाजुक रूपमा गुज्रिएको र आफ्नो चाहना हुँदाहुँदै पनि केही गर्न नसकेको तर विषम परिस्थितिमा पनि खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएको महासचिव रवि राजकर्णिकारले बताएका थिए । अहिले खेलाडीको भविष्य सुनिश्चित होस् भनेर राखेपसँग समन्वय र आईएफएफसँग पत्राचार गरेर यहाँसम्म आइपुगेको बताए । सो अवसरमा रविले समाधानका लागि आउनुभएका अन्तर्राष्ट्रिय प्रतिनिधि र राखेपलाई धन्यवाद दिँदै फेब्रुअरीमा निर्वाचन गर्ने र नयाँ कमिटीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । साथै उनले भविष्यमा एथलेटिक्सको राम्रो कमिटी बन्ने कुरामा विश्वास प्रकट गरेका थिए ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले लामो छलफल र कसरतपछि अहिलेको अवस्थामा पुगेको भन्दै अन्य सङ्घहरूमा यसको सकारात्मक सन्देश जाने बताएका थिए । लामाले अब एथलेटिक्स सङ्घको विवाद समाप्त भएको र यसले सङ्घका पदाधिकारीहरूलाई एकताबद्ध गराउने कुरामा आफू विश्वस्त रहेको बताए । विवादको समाधान आफैँमा महŒवपूर्ण कुरा भएकाले अब एथलेटिक्स सङ्घले नयाँ काँचुली फेर्ने र एथलेटिक्सको विकासका लागि सहकार्य गरेर अगाडि बढ्ने बताए । यो विवाद समाधानसँगै अन्य सङ्घको विवाद र नेपाल ओलम्पिक कमिटीको विवाद समाधान गर्नसमेत राखेपलाई सहयोग पुग्ने धारणा राखेका थिए । सो अवसरमा लामाले कबड्डी सङ्घ र जिम्न्यास्टिक सङ्घको विवादलाई नजरअन्दाज गरेका थिए । कुनै क्रियाकलाप नगर्र्नेे खाली विवाद मात्रै गर्ने सङ्घको बारेमा सोच्नुभन्दा नसोच्नु नै वेश हुने लामाको प्रतिक्रिया थियो । त्यस्तै लामाले एथलेटिक्सको निर्वाचनमा राखेपले कुनै पनि हस्तक्षेप नगर्ने बताउँदै सङ्घ निर्वाचन स्वच्छ तरिकाले हुने बताएका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घका प्रतिनिधि जी इस्रामले विवादले अन्तर्राष्ट्रियस्तरमा राम्रो सन्देश नदिएको बताउँदै यो सहमतिले नेपाल एथलेटिक्स सङ्घका लागि सुखद पक्ष हुने बताए । साथै इस्रामले आगामी निर्वाचनपश्चात् अन्तर्राष्ट्रिय सहभागितामा समेत अप्ठ्यारो नहुने प्रस्ट पारेका थिए । सो अवसरमा इस्रामले दुवै पक्ष सहमतिमा आएकोमा खुसी प्रकट गर्दै भविष्यमा पनि सहकार्य गर्दै अघि बढ्ने कुरामा विश्वास प्रकट गरेका थिए ।
अहिले ढिलै भए पनि छोरै भएको छ । एथलेटिक्स सङ्घमा छाएको विवाद र अन्योल समाप्त भएको छ । सङ्घको नयाँ मार्ग हिँड्ने सोचले खेलाडीको भविष्य सुनिश्चित भएको छ । अब खेलाडीले खेल्न र सहभागिताका लागि चोर बाटो नभई काटे बाटो हिँड्न पाउनेछन् । जुन अन्तर्राष्ट्रियस्तरमा सम्भावित पदक जित्ने खेल र खेलाडीको लागि सुखद पक्ष बनेको छ । लामो रस्साकस्सीपश्चात् दुवै पक्षले निर्वाचनमा जाने र एथलेटिक्सलाई नौलो मार्गमा ल्याउने सहमति गरेपछि यो कुराको सम्भव भएको हो । सहमति र सहकार्यका साथ एथलेटिक्सको विकासमा होमिने प्रण गरेका दुवै पक्षको निसानामा एथलेटिक्सको समग्र विकास रहेको छ । दुवै पक्षले एथलेटिक्सको विकासका लागि आफू बाहिर बसेर सहयोग गर्ने प्रण गरे पनि उनीहरूको अनुभव र नेतृत्व एथलेटिक्सका लागि खाँचो छ । तसर्थ निलेन्द्रको नेतृत्वमा रविको गहिरो अन्तर्राष्ट्रिय सम्बन्धलाई एकसाथ परिचालन गर्नसके साँच्चिकै एथलेटिक्सले काँचुली फेर्नेमा सायदै कसैको दुईमत होला ।
खुला करातेमा बादोरियोलाई सात स्वर्ण
श्रीलंकाको रत्नपुरामा भएको प्रथम बादोरियो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपाली बादोरियो टोलीले सात स्वर्ण जितेको छ । सात स्वर्णका अलावा नेपालले थप दुई रजत र एक कास्य पनि जितेको थियो । प्रतियोगितामा नौ पुरुष र एक महिला गरी १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषको खुला तौल समूहमा सिमोन खत्री, ६० केजीमा तेजबहादुर गुरुङ, एकल कातामा अजयभक्त श्रेष्ठ तथा ५० केजीमा आकाश तामाङले स्वर्ण जितेका थिए । अजयले ५५ केजीमा पनि कास्य जिते । त्यस्तै पुरुषको ४५ केजीमा सञ्जीव लामा र ४० केजीमा कैलाश बस्नेतले नेपाललाई स्वर्ण दिलाएका थिए भने नेपालबाट प्रतियोगितामा सहभागी एक मात्र महिला खेलाडी रोएकता सिंहले ५० केजीमा स्वर्ण हात पारेकी थिइन् । त्यस्तै पुरुष ७० केजीमा शुक्रबहादुर राई र ६५ केजीमा केशर सुब्बाले रजत प्राप्त गरेका थिए ।
प्रतियोगिता दौरान भएको दक्षिण एसियाली बादोरियो कराते सङ्घको विशेष साधारणसभाले नेपाल कराते महासङ्घका महासचिव तथा नेपाल बादोरियो कराते डो सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् प्रमुख प्रशिक्षक हरिशरण केसीलाई अध्यक्षमा निर्विरोध चयन गरेको बादोरियो सङ्घले जनाएको छ । नेपालकै सहदेव राजवंशी सदस्यमा चुनिएका थिए ।
नासाद्वारा राइडर्सलाई प्रशिक्षण
नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) ले नासामा आबद्ध क्लबहरू एडभेन्चर राइडर्स ग्रुप, राइडर्स युनिफाइड र मेन्टल डिगर्सको सहकार्यमा आफ्ना ५० राइडर्सलाई ‘ट्रयाकमा मोटरसाइकल रेसिङ’ शीर्षकमा प्रशिक्षण प्रदान गरेको छ । अमेरिकामा सुपर बाइक प्रशिक्षकका रूपमा कार्यरत आशीषकुमार शाक्यले सहभागीलाई प्रशिक्षण दिएका थिए । नासाले आयोजना गरेको रेस्मान्डु र चेन्नईमा आगामी डिसेम्बरमा हुन गइरहेको ‘टु ह्विलर रेस’मा भाग लिने राइडर्सलाई मुख्यत: लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको नासाका सचिव सुनील तण्डुकारले जनाएका छन् । नासाले शाक्यलाई नगद दश हजारसहित प्रशंसापत्रद्वारा पनि सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले शाक्यलाई सम्मान गरेका थिए ।
मङ्सिरको दोस्रो हप्ता जोर्नी टु वल्र्डकप
न्युजिल्याण्डमा आगामी जनवरीमा हुने विश्वकप छनोटको तयारीका लागि काठमाडौंमा यही मङ्सिर १७ गतेदेखि २२ गतेसम्म ‘सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप क्रिकेट’ (क्बनबचmबतजब अझभलत व्इग्च्ल्भ्थ् त्इ ध्इच्ीम् ऋग्ए) प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल, सिंगापुर, एयरइन्डिया र दिल्ली वन्डरर्स गरी चार टोलीको सहभागिता रहनेछ । नेपाल क्रिकेट सङ्घले प्रतियोगिता आयोजनाको जिम्मा जोहरा इन्टरनेसनल प्रालिलाई दिएको छ ।
यूएईमा २० ओभरको विश्वकप छनोट प्रतियोगिताबाट खेलेर फर्केका खेलाडीलाई ५० ओभरको खेल शैलीमा ढाल्न तथा विश्वकपको तयारी गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक जोहरा इन्टरनेसनलका कार्यकारी निर्देशक आमिर अख्तरले बताएका छन् । नेपाली टोलीका पूर्वकप्तान तथा प्रतियोगिताका टेक्निकल डाइरेक्टर विनोद दासले भारतबाट आउने टोलीमा भारतका ठूला प्रतियोगिताहरू आईपीएल र रणजी ट्रफी खेल्ने खेलाडी रहने जानकारी दिएका छन ।
सो अवसरमा मुख्य प्रायोजक सगरमाथा सिमेन्टका मार्केटिङ मेनेजर प्रतीक अधिकारीले नेपाली क्रिकेट टोली अहिले ठूलो अभियानमा रहेकाले त्यसमा सहयोगी बन्न पाउदा खुसी लागेको बताएका थिए । करिब ५० लाख बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई नेपाली क्रिकेटको नौलो प्रायोजकको रूपमा सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गरेको छ भने सिद्धार्थ बैंक र नयाँ पेयपदार्थ कम्पनी ‘रोयस इनर्जी ड्रिंक्स’ सहप्रायोजकको रूपमा रहेका छन् । प्रतियोगितामा टिकटको व्यवस्था गरिएको छ र टिकटबाट उठेको रकमको २५ प्रतिशत रकम नेपाली टोलीलाई दिइने जानकारी गराइएको छ । नेपाली क्रिकेटमा टिकटको एक हिस्सा खेलाडीलाई दिने व्यवस्था पहिलोपटक हुन लागेको हो ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट गरिनेछ । साथै नेपालको चर्चित ब्यान्ड द रविन एण्ड रिभ्युलेसनले प्रतियोगितामा मनोरञ्जक साङ्गीतिक प्रस्तुति पस्किने भएको छ । नेपालका क्रिकेट प्रशिक्षक पुबुदु दशानायके, कप्तान पारस खड्का र नेपाल क्रिकेट सङ्घको अध्यक्ष टंक आङबुहाङको सन्देश देखाइएको थियो । क्यानका अध्यक्ष आङबुहाङले राष्ट्रिय टोलीलाई राम्रोभन्दा राम्रो तयारीका लागि पहल गर्ने क्रममा सो प्रतियोगिता गर्न लागेको र यसले खेलाडीहरूले राम्रो अभ्यास गर्न पाउने विश्वास व्यक्त गरेका थिए । त्यस्तै प्रशिक्षक पुबुदु दशानायकेले खेलाडीलाई एकदिवसीय प्रतियोगिताको मुडमा लान प्रतियोगिता महŒवपूर्ण हुने बताए । त्यस्तै कप्तान पारस खड्काले घरेलु दर्शकसामु हुने खेल न्युजिल्याण्ड जानुअघिको मुख्य परीक्षा हुने बताएका थिए ।
खेलकुदमा ‘स्कुल टु ओलम्पिक’ नारा
युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को ९८औँ बोर्ड बैठकले विभिन्न ऐतिहासिक निर्णयहरू गरेको छ । राष्ट्रि«य टिम तयारी कार्यविधि, राष्ट्रि«य सङ्घ नियमन कार्यविधि, राखेप कर्मचारी काम कर्तव्य अधिकार कार्यविधि, राखेप पदक कार्यविधि, स्कुल टु ओलम्पिक नारा र योजना र पूर्वधार लगानीका विषयमा बैठकले निर्णयहरू गरेको थियो । सो बोर्ड बैठकले गरेको महŒवपूर्ण निर्णयमा ‘स्कुल टु ओलम्पिक’ भन्ने नयाँ नारा पारित गरिएको छ । परिषद्अन्तर्गत कार्यरत सम्पूर्ण प्रशिक्षकहरूलाई स्कुलमा केन्द्रित गर्ने गराउने सम्बन्धमा कार्यविधि तयार गरी कार्यान्वयनका लागि परिषद्अन्तर्गतको विद्यालय खेलकुद विकास बोर्डलाई जिम्मेवारी प्रदान गरिने भएको छ ।
त्यस्तै पूर्वाधार लगानी नीतिअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्बाट निर्माण गरिने भौतिक पूर्वाधारहरू कभर्डहल, रंगशाला, खेलमैदान, एकेडेमी, जिम हलजस्ता पूर्वाधार विकासका लागि परिषद्बाट बजेट व्यवस्था भई निर्माण गर्ने–गराउने कुनै पनि निर्माणका लागि उक्त निर्माणकार्य गरिने जग्गाको स्वामित्व राष्ट्रिय खेलकुद परिषद् वा सम्बन्धित जिल्ला खेलकुद विकास समिति/ क्षेत्रीय खेलकुद विकास समितिको नाममा भएको हुनुपर्ने वा यस परिषद् तथा अन्तर्गतका जिल्ला/क्षेत्रीय खेलकुद विकास समितिमा भोगाधिकार प्राप्त जग्गाहरूमा मात्र खेलकुदको पूर्वाधार निर्माण, मर्मतसम्भार एवम् विस्तारका लागि कार्यहरू गर्न गराउन सकिने निर्णय गरिएको छ । त्यसैगरी सरकारी, गैरसरकारी र सामुदायिक विद्यालयको हकमा उक्त विद्यालयको जग्गामा खेलकुद संरचना निर्माण गर्दा सम्झौता/करारनामा गरी सोहीबमोजिम मात्र भौतिक संरचना निर्माण गर्ने निर्णय गरिएको छ । यी निर्णयले राखेप सदस्यसचिवमा निहित रहेको स्वेच्छाचारी व्यवस्था तोड्ने, अधिकार विकेन्द्रित गर्ने, सामूहिक निर्णय गर्ने, सामूहिक कार्य गर्ने पद्धतिको बाटोमा राखेप जाने पनि निश्चित छ ।
नेपाल विश्वकपनजिक
आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपालले
सन् २०१४ मा बंगलादेशमा सञ्चालन हुने ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोेगितामा छनोट हुने सम्भावना देखाएको छ । दुबईमा सञ्चालन भएको छनोट प्रतियोगितामा समूह ‘बी’मा परेको नेपालले खेलेको सात खेलमा चार खेलमा विजय प्राप्त गरेको थियो । चार खेलमा विजय हासिल गरे पनि नेपालको विश्वकप यात्रा अन्योल परेको थियो । अफगानिस्तान र केन्या, स्कटल्याण्ड र डेनमार्कको प्रदर्शनले नेपालको विश्वकप यात्रा तय गर्ने थियो । आखिर परिणाम नेपालले सोचेजस्तै आयो । अफगानिस्तान र स्कटल्याण्डको फराकिलो विजयले नेपाललाई विश्वकपको नजिक पु¥यायो ।
नेपालले आफ्नो अन्तिम खेलमा बर्मुडालाई पराजित गरेर छनोट चरणको यात्रा टुङ्ग्याएको थियो । र पनि, विश्वकपमा पुग्ने नेपालको आशा झिनो मात्रै थियो । तर, भाग्यले साथ दिँदा र परिणाम नेपालको पक्षमा आउँदा नेपालले तेस्रो स्थान हासिल गर्दै प्लेअफमा पुगेको थियो । स्मरण रहोस्, समूह ‘बी’मा नेपाल र स्कटल्याण्डको समान अङ्क भए पनि रनरेटका आधारमा नेपाल छनोट भएको थियो । नेपालले अत्यन्तै झिनो रनरेटमा स्कटल्याण्डलाई पछि पारेको थियो । नेपाल समूह चरणमा स्कटल्याण्डसँग पराजित भएको थियो । अब नेपालको पहिलो प्लेअफ म्याच चिरप्रतिद्वन्द्वी हङकङविरुद्ध आज बुधबार हुनेछ । यदि यो खेलमा नेपालले हङकङलाई पराजित गरे सोझै विश्वकपका लागि छनोट हुनेछ ।
यसभन्दाअघि टी–२० मा नेपाल र हङकङको दुईपटक भिडन्त भएको छ । जसमा दुवै टिमले एक–एक खेल जितेका छन् ।
सन् १९९४ मा आईसीसी र एसीसीबाट आबद्धता पाएको नेपालले अहिलेसम्म विश्वकपको कुनै पनि संस्करण खेल्ने अवसर पाएको छैन । यसपटक हङकङलाई पराजित गर्न सकेको खण्डमा नेपालको विश्वकप खेल्न सपना पूरा हुनेछ । यदि नेपाल हङकङसँगको पहिलो प्लेअफ म्याचमा पराजित भए पनि नेपालको विश्वकपको ढोका भने बन्द हुने छैन । नेपाल हङकङसँग पराजित भए पनि अर्को प्लेअफ विजेतासँग खेल्न पाउनेछ । यसर्थमा नेपालले दोस्रो प्लेअफ म्याचमा विजय हासिल गर्न सके पनि विश्वकपमा पुग्नेछ । तसर्थ यो प्लेअफ म्याचमा नेपाललाई सन् २०१४ मा बंगलादेशमा आयोजना हुने टी–२० विश्वकपका लागि दोहोरो अवसर प्राप्त भएको छ । हेरौँ, प्रतियोगितामा मिश्रित प्रदर्शन गरेर भाग्यले साथ दिँदा दोस्रो चरणमा पुगेको नेपालले प्लेअफ म्याचमा कस्तो प्रदर्शन गर्छ ।
छनोट चरणमा अफगानिस्तान र आयरल्याण्ड उत्कृष्ट प्रदर्शन गर्दै अर्थात् आ–आफ्नो समूहको विजेता बन्दै आगामी विश्वकपका लागि छनोट भएका छन । त्यस्तै खराब प्रदर्शनका कारण पुछारमा रहेका ६ वटा टिम अमेरिका, युगाण्डा, क्यानडा, केन्या, बर्मुडा र डेनमार्क बाहिरिएका छन् ।
अध्यक्ष राणा कोरिया प्रस्थान
कोरियाको मुजुमा आयोजना हुने एसियन तेक्वान्दो महासङ्घको विशेष साधारणसभामा सहभागी हुन नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष एवम् एसियन तेक्वान्दो महासङ्घका केन्द्रीय सदस्य प्रकाशशमशेर राणा हालै त्यसतर्फ प्रस्थान गरेका छन् । राणाका साथमा नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय कोषाध्यक्ष दिलबहादुर वली र एसियाली तेक्वान्दो महासङ्घका सल्लाहकार मदन केसी रहेका छन् । सो टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव
युवराज लामाले बिदाइ गरेका थिए । सदस्यसचिव लामाले टोलीलाई बिदाइ गर्दै महासङ्घमा नेपालको उपस्थिति नेपालका लागि गौरवको विषय भएको भन्दै यसको फाइदा नेपालले लिनुपर्ने बताए । उनले तेक्वान्दो पदाधिकारीहरूले नेपालमा बन्न लागेको तेक्वान्दो एकेडेमीलाई दक्षिण एसियाकै एकेडेमीको रूपमा विकास गर्न पहल गर्नुका साथै त्यसका लागि लबिङ गर्नुपर्नेमा जोड दिएका थिए ।
६ महिनाअघि साधारणसभाबाट निर्वाचित समिति बनाइएको महासङ्घको विशेष कारणवश पुन: निर्वाचन गर्न लागिएको तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङले सो अवसरमा जानकारी गराएका थिए । नेपालले उक्त निर्वाचनमा दुई मत दिन पाउनेछ । केन्द्रीय अध्यक्ष राणा महासङ्घको केन्द्रीय सदस्यको हैसियतले र महासङ्घको सदस्य राष्ट्रको हैसियतले केन्द्रीय कोषाध्यक्ष दिलबहादुर वलीले मतदान गर्नेसमेत गुरुङले जानकारी गराए । अध्यक्ष राणा उक्त विशेष साधारणसभामा हुने निर्वाचनको निर्वाचन अधिकृतको रूपमा समेत मनोनयन भएका छन् । कोरियामा तेक्वान्दो खेलको विकास गर्ने उद्देश्यले कोरियाली सरकारले मुजु सहरलाई तेक्वान्दो सांस्कृतिक पार्कको रूपमा विकसित गरेको छ ।
प्रतिक्रिया