विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपाली ग्राहकहरूका लागि विशेष “Are You Ready for Greatness” अभियान सार्वजनिक गरेको छ । विश्वकपको रोमाञ्चक अनुभवलाई अझ भव्य, जीवन्त र अविस्मरणीय बनाउने उद्देश्यका साथ ल्याइएको यस अफरमा आकर्षक Cashback, विस्तारित वारेन्टी तथा सहज EMI सुविधाहरू समावेश गरिएको छ ।
‘Are You Ready for Greatness? Feel Every Goal. Live Every Moment’ भन्ने सन्देशसहित सुरु गरिएको यो अभियानले फुटबलप्रेमी नेपालीहरूलाई आफ्नै घरमा स्टेडियम सरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । TCL का अत्याधुनिक टेलिभिजनहरूले हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ ।
यस विशेष अफर अन्तर्गत TCL टेलिभिजन खरिद गर्ने ग्राहकहरूले रु. २,००,०२६ सम्मको आकर्षक Cashback प्राप्त गर्न सक्नेछन्। विश्वकपका अविस्मरणीय क्षणहरूलाई अझ विशेष बनाउने यस योजनासँगै TCL ले २+२ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ, जसले ग्राहकहरूलाई आगामी ४ वर्षसम्म उत्कृष्ट मनोरञ्जन अनुभवसँगै विश्वसनीय सेवाको भरोसा प्रदान गर्नेछ ।
TCL ले विश्वभर आफ्नो उत्कृष्ट डिस्प्ले प्रविधि, प्रिमियम पिक्चर क्वालिटी, शक्तिशाली अडियो अनुभव तथा स्मार्ट इनोभेसनका लागि विशेष पहिचान बनाएको छ । नेपाली बजारमा पनि TCL का TVs ग्राहकहरूको पहिलो रोजाइ बन्दै गइरहेका छन्, जसले आधुनिक परिवारलाई विश्वस्तरीय मनोरञ्जन अनुभव प्रदान गरिरहेका छन् ।
ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै TCL ले नागरिकता मात्रको आधारमा सहज EMI सुविधा समेत उपलब्ध गराएको छ, जसले प्रिमियम होम इन्टरटेन्मेन्टलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ ।
यस अवसरमा CG Electronics ले सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई TCL सँग विश्वकपको रोमाञ्चक यात्रा अनुभव गर्न आमन्त्रण गरेको छ । कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक CG Electronics शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ ।
‘विश्वकप केवल खेल होइन, भावना हो । TCL को अत्याधुनिक प्रविधिले प्रत्येक खेललाई अझ जीवन्त बनाउँदै दर्शकहरूलाई खेलमैदानको बीचमा पुगेजस्तो अनुभूति दिन्छ । यस अभियानमार्फत हामी ग्राहकहरूलाई विश्वस्तरीय मनोरञ्जनसँगै आकर्षक लाभहरू पनि प्रदान गर्न चाहन्छौं’- कम्पनीले जनाएको छ । नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टिसिएल ब्रान्डलाई नेपालमा सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा वितरण गर्दै आएको छ ।
advertorial
प्रतिक्रिया