पहिरो खस्दा डोल्पामा दुई घर पुरिए

पहिरो खस्दा डोल्पामा दुई घर पुरिए


अविरल वर्षासँगै पहिरो खस्दा सोमबार दुई घर पुरिएको छ भने एक घर भत्किएको छ ।

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । हरिबहादुर बुढामगरको घर भत्केको छ ।

मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।