काठमाडौं महानगरपालिकाले घरवहाल कर २ प्रतिशत घटाएर १० प्रतिशतमा झारेको छ । गत आर्थिक वर्षमा घरवहाल कर १२ प्रतिशत थियो ।
महानगरपालिकाले वार्षिक १ लाख रुपैयाँ भन्दा कम वहाल उठाउने र आम्दानीको अन्य स्रोत नभएका करदातालाई कर छुट दिएको छ । यसैगरी घरजग्गा कर दरमा पनि परिमार्जन गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्षमा ९०० रुपैयाँ कर लिदै आएकोमा अब १० लाख रुपैयाँ बराबर १०० रुपैयाँ अर्थात १ करोड रुपैयाँमा ०.०१ प्रतिशत लिने भएको छ ।
समान सम्पत्ति समान कर नीति अनुसार राजिष्ट्रेसनका आधारमा कर लगाउने नीतिलाई परिमार्जन गरिएको महानगरले जनाएको छ ।
यस्तै, विभिन्न शिफारिशवापत लिदै आएको शुल्कलाई पनि खारेज गरी निशुल्क गरिएको महानगरले जनाएको छ ।
प्रतिक्रिया