‘स्वर्गको बँगैचा’मा छात्रछात्रा पुरस्कृत

‘स्वर्गको बँगैचा’मा छात्रछात्रा पुरस्कृत


हात्तीवन सामाजिक सेवा केन्द्रद्वारा केवल जय भगवती छात्रवृत्ति पुरस्कार तथा सम्मान कार्यक्रम केन्द्रकी अध्यक्ष प्रमी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा दक्षिणकाली नपाका प्रमुख मोहन बस्नेत तथा विशेष अतिथि वसन्ती डङ्गोल तामाङ, राष्ट्रिय योजना आयोग (इ.२०००–५) को प्रथम महिला सदस्य प्रा.डा. पुष्पा श्रेष्ठको विशेष उपस्थिति थियो ।

सो अवसरमा दक्षिणकाली नपाका विभिन्न स्कुलबाट एसईई २०७४ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने पाँचजना छात्रछात्राहरूलाई नगद, शब्दकोष र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरियो । प्रेरणाका निम्ति प्रतिछात्र–छात्रा रु. ३ हजार दिइएको थियो भने सोही कार्यक्रममा केन्द्रद्वारा छात्रवृत्ति पाई अध्ययन गरेका २८ जना छात्र–छात्रालाई सम्मान गरिएको थियो ।

आजसम्म उक्त संस्थाले ८ वर्षमा ३६ जना छात्र–छात्रालाई पुरस्कृत गरिसकेको छ भने दर्जनौँ विद्यार्थी छात्रवृत्ति पाई अध्ययन गरिसकेको केन्द्रकी अध्यक्ष प्रमी श्रेष्ठले जानकारी गराइन् । उक्त कार्यक्रममा पुरस्कृत हुने अरुणोदय सेकेन्डरी स्कुलका सुसन लामा ३ः८० जीपीए, खोकना जनता सेकेन्डरी स्कुलका दीक्षा केसी ३ः६५ जीपीए, प्रणीता श्रेष्ठ शिखारापुर सेकेन्डरी ३ः७० जीपीए, त्रिभुवन आदर्श सेकेन्डरी स्कुलबाट रितिका मानन्धर ३ः९० जीपीए र ग्रीनहोल स्कुलबाट नवदीप सिंह बस्नेतले ४ जीपीए अङ्क प्राप्त गरेका थिए ।

स्मरणीय छ, उक्त कार्यक्रम स्थल त्रिभुवन आदर्श आवासीय मावि वि.सं. २००८ मा स्थापित नेपालकै जेठो आवासीय माध्यामिक विद्यालय हो । दक्षिणकाली नगरपालिकाको फर्पिङ–५ (सेतिदेवी)मा स्थापित रहेको र ‘स्वर्गको बँगैचा’ भनेर पनि चिनिने सो विद्यालयको छात्रावासमा त्यसताक राजपरिवारका सदस्यहरू दक्षिणकाली दर्शन गर्न जाँदा राति बास बस्ने गर्थे भन्ने स्थानीय जेष्ठ नागरिकको भनाई छ ।

– रामभरत साह