मोरङका तीन मदिरा उद्योगले बुझाए डेढ अर्बभन्दा बढी राजस्व

मोरङका तीन मदिरा उद्योगले बुझाए डेढ अर्बभन्दा बढी राजस्व


मोरङ जिल्लामा रहेका तीनवटा मदिरा उद्योगले गत आव ०७४–७५ मा एक अर्ब ६२ करोड ३७ लाख रुपैयाँ अन्तःशुल्क बुझाएका छन् ।

यसरी अन्तःशुल्क बुझाउनेमा मोरङको बूढीगंगा गाउँपालिका टंकीसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु. एक अर्ब २२ करोड ५५ लाख, बूढीगंगा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु. २५ करोड ६५ लाख र मोरङ रंगेली दर्बेसामा रहेको चण्डिका डिस्ट्रिलरी प्रालिले रु. २४ करोड १७ लाख अन्तःशुल्क बुझाएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ ।

मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत अन्तःशुल्क बुझाउने गरेका छन् । कार्यालयले अन्तःशुल्क चुहावट रोक्न मदिरा उद्योगमा कर्मचारी खटाएर अनुगमनलाई तीव्र पारेको छ । उक्त तीनवटै मदिरा उद्योग ठूला करदाता कार्यालयमा गइसकेका छन् ।