‘तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु

‘तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु


तामाङ जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्न उद्देश्यले ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ बुधबारदेखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शुरु भएको छ ।

बिहीबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा उनीहरुको वेशभूषा, सीप, कला, साहित्य र इतिहास जानकारी गराउने वस्तुहरु प्रदर्शनमा राखिएको छ ।

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले महोत्सवको शुभारम्भ गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सो समुदायको उल्लेखनीय भूमिका रहेको बताइन् ।

विश्वव्यापीकरणको प्रभावले तामाङ समुदायको मौलिक परम्परा रीतिरिवाज तथा संस्कृति अहिले सङ्कटमा पर्दै गएको उल्लेख गर्दै उनले यस्ता महोत्सवले तामाङ ज्ञान विज्ञानलाई राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् ।

उपसभामुख तामाङले तामाङ समुदायलाई राजनीतिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्नेमा जोड दिइन् ।