वरिष्ठ पत्रकार न्यौपानेको निधनमा दुःख व्यक्त

वरिष्ठ पत्रकार न्यौपानेको निधनमा दुःख व्यक्त


वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको निधनप्रति प्रेस काउन्सिल नेपालले दुःख व्यक्त गरेको छ । उच्च रक्तचापबाट पीडित ८४ वर्षीय न्यौपानेको काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित आफ्नै निवासमा बुधबार निधन भएको हो । उहाँ प्रेस काउन्सिल नेपाल पूर्वसदस्य हुनुहुन्थ्यो ।

लमजुङमा जन्मनुभएका पत्रकार न्यौपाने विसं २०४०/२०४१ मा काउन्सिलको सदस्य हुनुहुन्थ्यो भने विसं २०१९ देखि २०४९ सम्म गोरखापत्र दैनिकमा विभिन्न पदमा रहेर आफ्नो सक्रिय भूमिका निभाउनुका साथै उहाँ गोरखापत्रका प्रधानसम्पादकसमेत बन्नुभएको थियो ।