आन्दोलन नियन्त्रणबाहिर गएपछि कञ्चनपुरमा कर्फ्यु आदेश जारी

आन्दोलन नियन्त्रणबाहिर गएपछि कञ्चनपुरमा कर्फ्यु आदेश जारी


बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै शुरु भएको आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडप र त्यसपछि प्रहरीबाट चलाइएको गोलीबाट १० जना प्रदर्शनकारी घाइते भएपछि आन्दोलनले अझ चर्को रूप लिएपछि अन्ततः जिल्ला प्रशासन कार्यालय आज (बिहीबार) दिउँसोबाट अनिश्चितकालीन कर्फ्यु लगाउन बाध्य भएको हो ।

बलात्कार घटनामा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेर वास्तविक अभियुक्त बचाउन खोजेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।