ढल्केवर इलाका अस्पताललाई स्तरोन्नति गरिने

ढल्केवर इलाका अस्पताललाई स्तरोन्नति गरिने


स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण राज्यमन्त्री डा सुरेन्द्र यादवले मिथिला नगरपालिका ढल्केवरस्थित इलाका स्वास्थ्य चौकीलाई यथाशीघ्र १५–२० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ढल्केवरमा कार्यकर्ता भेटघाट तथा इलाका स्वास्थ्य चौकी निरीक्षणको क्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राज्यमन्त्री यादवले काजमा भए पनि तत्कालै एउटा एमबीबीएस डाक्टरलाई यो अस्पतालमा उपलब्ध गराउने बताउँदै प्रदेशस्तरीय ट्रमा सेन्टरको अवधारणा लागू भइसकेको जानकारी दिए ।