फरार कैदी १३ वर्षपछि पक्राउ

फरार कैदी १३ वर्षपछि पक्राउ


कारागारबाट फरार एक कैदी १३ वर्षपछि पुनः पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेको छ । उनी २०६२ साल असार ५ गते कारागारबाट भागेका थिए । प्रहरीले उनलाई घरैबाट पक्राउ गरेका हुन् ।

पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

“हत्यामा संलग्नमध्ये कटकबहादुर तामाङ यसअघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेका छन्,” उनले भने, “घटनामा संलग्न अझै एक जना फरार छन्, उनको खोजी भइरहेको छ ।”

विसं २०६० असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङसहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका थिए । जिल्ला अदालत खोटाङले २०६३ चैत ६ गते तीनै जनालाई २०÷२० वर्ष कैद सजाएको फैसला गरेको थियो ।

दाहालको हत्या लगत्तै पक्राउ परेका उनीहरुले दुई वर्ष नौ महिना १० दिन कैद भुक्तानी गरिसकेका थिए ।