विद्यार्थी संगठनद्वारा नेपालगञ्जको हेल्थ क्याम्पसमा तालाबन्दी

विद्यार्थी संगठनद्वारा नेपालगञ्जको हेल्थ क्याम्पसमा तालाबन्दी


‘नेपालगञ्ज हेल्थ क्याम्पस’मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी देवकोटामाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।

वार्तामा बोलाएर आक्रमण भएको भन्दै विद्यार्थी संगठनले दोषीलाई कारबाहीको माग गरेका छन् । क्याम्पस सञ्चालक मैकुलाल वाल्मीकिले भने आफूले आक्रमण नगराएको बरु विद्यार्थीका दुई पक्षबीच झडप भएको प्रतिक्रिया दिए ।

नेविसंघ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैटौँ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारबाही गर्नुको साटो बाँके प्रशासन मौन बसेको आरोप लगाइएको छ । सोही विषयमा आन्दोलनरत विद्यार्थी र प्रमुख जिल्ला अधिकारीबीच भएको वार्ता सहमतिमा नपुग्दै टुंगिएको छ ।