एक युवकले अमेरिकाको फ्लोरिडामा अन्धाधुन्द गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ११ जना घाइते भएका छन् ।
बीबीसीका अनुसार गोली चलाउने युवकले पछि आफैलाई गोली हानेर आत्महत्या गरेको जनाएको छ । अमेरिकाको ज्याकसोनभिल्लाको एक कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला ती युवकले गोली चलाएका हुन् । गोली हान्ने व्यक्ति डेभिड काट्ज नामका २४ वर्षीय युवक भएको खुलेको छ ।
खेलमा हारेपछि ती युवकले गोली चलाएको स्थानीय सञ्चारमाध्यमहररूले जनाएका छन् । तर, प्रहरीले भने यो कुरालाई अस्वीकार गरेको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ । घटनामा ती युवकबाहेक अरुको संलग्नता नरहेको बताइएको छ । प्रहरीका अनुसार, डेभिडले एक मात्रै हाते बन्दुकको साहरामा अन्धाधुन्ध गोली चलाएका थिए ।

प्रतिक्रिया