उपेन्द्र महतो, कैलाश सिरोहिया र प्रचण्डको विशेष सहयोगमा न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्न नदिने सफलता प्राप्त भएपछि जोशीलाई न्यायाधीश पदबाट राजीनामा दिन बाध्य गराउने खेल शुरु भएको छ । जोशी पदमा बहाल रहेसमम्म वरिष्ठतम् न्यायाधीशको हैसियतले न्यायपरिषद्को सदस्य रहने र जोशी न्यायपरिषद्मा रहिरहनु आफ्ना निम्ति खतरनाक हुन सक्ने ठानेर न्यायाधीश चोलेन्द्रशमशेर राणा जोशीलाई राजीनामा गराउने प्रयासमा लागेको बुझिएको छ ।
ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बन्ने अब निश्चित भइसकेको छ र अब उनी प्रधानन्यायाधीश बनेपछि दोस्रो मर्यादाक्रममा दीपकराज जोशी नै रहनेछन् । आगामी पुस १७ गते ओमप्रकाश मिश्रले अवकाश पाउनुअघि नै भावी प्रधानन्यायाधीशको नाम न्यायपरिषद्ले प्रस्ताव गर्ने र त्यतिबेला आफ्नो प्रतिकूल परिस्थिति बन्ने खतरा देखेर न्यायाधीश राणा सशङ्कित बनेको बताइन्छ ।
जोशीलाई राजीनामा गराउन सकेमा वरिष्ठतम् न्यायाधीशको हैसियतमा राणा स्वतः न्यायपरिषद्को सदस्य हुनेछन् । त्यसैले जसरी भए पनि जोशीमाथि राजीनामाका निम्ति दबाब पैदा गर्न चोलेन्द्रशमशेर राणा सक्रिय भएका छन् र उनको सक्रियतामा प्रचण्ड, उपेन्द्र महतो र कैलाश सिरोहियाको विशेष सहयोग रहेको बुझिन्छ ।
जोशीलाई राजीनामा गराउन सकेमा वरिष्ठतम् न्यायाधीशको हैसियतमा राणा स्वतः न्यायपरिषद्को सदस्य हुनेछन् । त्यसैले जसरी भए पनि जोशीमाथि राजीनामाका निम्ति दबाब पैदा गर्न चोलेन्द्रशमशेर राणा सक्रिय भएका छन् र उनको सक्रियतामा प्रचण्ड, उपेन्द्र महतो र कैलाश सिरोहियाको विशेष सहयोग रहेको बुझिन्छ ।
यसरी राणाले आफ्नो मार्ग सुरक्षित तुल्याउन जोशीलाई पन्छाउने योजना बनाएको भए पनि उनको योजनाअनुसार जोशीले राजीनामा दिन सक्ने सम्भावना देखिएको छैन । बरु जोशीले आफूमाथि लागेको आरोपमाथि आवश्यक अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरियोस् भनी सरोकारवाला पक्षसँग माग गरिरहेको बताइन्छ । सरकारले नगरे न्यायपरिषद्बाट नै आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र जाँच होस् भन्ने माग दीपकराज जोशीको रहेको छ । उनी आफू निर्दोष छु भन्नेमा विश्वस्त देखिएका छन् र निर्दोष प्रमाणित भएर मात्र अवकाश लिन उनी कटिबद्ध रहेको बताइन्छ । योग्यता र कार्यक्षमताका आधारमा संसदीय सुनुवाइको प्रक्रियासमेत पूरा गरी आफू सर्वोच्च अदालतको न्यायाधीश बनेको, अहिले आएर मिथ्या आरोप लगाउँदै प्रधानन्यायाधीश बन्न वञ्चित गरेकोले आफूमाथि अन्याय भएको बुझाइ जोशीको छ ।
त्यसैले न्यायाधीश पदबाट दीपकराज जोशीले राजीनामा नदिने, बरु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सघाउने र निर्दोषिता प्रमाणित गर्न प्रयासरत रहने बुझिएको छ । जोशीलाई पदमुक्त गर्ने कुनै आधार कारण नभएको यस स्थितिमा उनले राजीनामा नदिँदा आगामी एक वर्षसम्म उनी पदमा बहाल रहनेछन् । जोशी पदमा कायम रहनु आफ्ना निम्ति अहसज र घातक हुने ठानेका राणाले जोशीलाई राजीनामा गराउन पत्रिकाबाजी गरी दबाब पैदा गर्ने र सर्वोच्च अदालतका केही न्यायाधीशबाट समेत जोशीविरुद्ध कुनै न कुनै कदम चाल्न लगाउने प्रयास भइरहेको बुझिएको छ । तर, जोशीनिकटको एक सूत्रले जनाएअनुसार उनले कुनै हालतमा राजीनामा दिने छैनन् ।
प्रतिक्रिया