देवानी संहिता कार्यान्वयनमा जोड

देवानी संहिता कार्यान्वयनमा जोड


देवानी संहिता तथा फौज्दारी संहिताको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अधिकारकर्मीले जोड दिएका छन् ।

सङ्कल्प नेपालद्वारा आयोजित ‘देवानी संहिता तथा फौज्दारी संहिता’ विषयक अन्तरक्रियामा महिला अधिकारकर्मीले कानूनलाई लक्षित समुदायसम्म पु¥याएर कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

सांसद राधेश्याम अधिकारीले देवानी संहिता महिलामैत्री भएको भन्दै कार्यान्वयनमा महिला नै सक्रिय हुनुपर्ने बताए । नयाँ शक्ति नेपालकी नेत्री दुर्गा सोवले ऐन-काूननलाई समयअनुसार परिवर्तन गर्न सकिने भन्दै पीडितले न्याय पाउने गरी भएका ऐन÷कानून कार्यान्वयन गर्नुपर्ने बताइन् ।

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संहिता तथा फौज्दारी संहिताले सीमान्तकृत समुदायलाई समेट्न नसकेको टिप्पणी गरिन् । सङ्कल्पकी अध्यक्ष लीली थापाले पुरुषले पनि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न पाउनुपर्छ भन्ने विषयमा पुरुषले जुनसुकै कारण देखाएर भए पनि सम्बन्धविच्छेद गर्ने खतरा हुने हुँदा त्यसबारे सचेत हुनुपर्छ भनिन् ।