माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि रु. आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष प्रचण्डलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्नुहुँदै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिए ।उनले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने धारणा राखे ।