छतबाट खसेर महिलाको मृत्यु

छतबाट खसेर महिलाको मृत्यु


घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहोर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुंगेकी ३० वर्षीया सिर्जना ढुंगानाको मृत्यु भएको हो । फोहोर संकलन गर्ने गाडी आएपछि उनी फोहोर फाल्न घरको दुई तल्लामाथि छतमा चढेकी थिइन् ।

छतमाथि पुगेकी ढुंगाना एक्‍कासी खसेर घर अगाडिको सडकमा बजारिएकी थिइन् । उनलाई तत्काल स्थानीयवासीले उद्धार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पुर्‍याइएको थियो। तर उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

छतमा कुर्सीमा चढेर फोहोर फाल्न खोज्दा ढुंगाना चिप्लिएर सडकमा खसेकी थिइन् । गम्भीर घाइते उनको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक ढुंगाना गत एक वर्षदेखि नुवाकोट जिल्ला अदालतमा तामिलदार पदमा काम गर्दै आएकी थिइन् ।