सप्तरीमा बस पल्टिँदा सत्र घाइते, तीनको अवस्था गम्भीर

सप्तरीमा बस पल्टिँदा सत्र घाइते, तीनको अवस्था गम्भीर


सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ ।

पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना.५ख ६९४२ नम्बको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।