नेता नेपाल अमेरिका प्रस्थान

नेता नेपाल अमेरिका प्रस्थान


नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गएराति त्यसतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको मध्यपश्चिम नेपाली संघ अमेरिकी दक्षिणपूर्वी नेपाली संघ र अमेरिकी नेपाली संघको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट पनि हुने नेता नेपालको सचिवालयले जनाएको छ । नेता नेपाल यही भदौ २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।