रिमालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

रिमालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओलीले आज (शुक्रबार) ट्विटमार्फत स्व. रिमालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले करिब डेढ वर्षअघि स्व. रिमालको स्वास्थ्यस्थिति बुझ्न जाँदा भएको आत्मीय संवादको अहिले पनि आफूले स्मरण गरिरहेको जनाएका छन् । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर स्व. रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो ।