पाटन दरबार क्षेत्रमा म्यानमारकी प्रथम महिला

पाटन दरबार क्षेत्रमा म्यानमारकी प्रथम महिला


म्यानमारकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेकी छिन् ।

बिहान ११ बजे पाटन क्षेत्रमा पुगेकी उनी झन्डै एक घन्टा त्यहाँ रहेकी थिइन् । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो ।

चोले पाटन संग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको अवलोकन गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले संग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाबारे चासो राखेको प्याकुरेलले बताए ।

प्याकसरेलले भने, ‘विशेष गरेर यहाँका झाँकीमा उहाँले चासो देखाउनुभएको छ ।’ हिरण्यवर्ण महाविहारमा चोलाई त्यहाँका पुजारीले पूजा पनि गराए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि उनी नेपाल आएकी हुन् ।

रासस