तस्करीको समान पक्रने प्रहरीको ग्रेड रोक्का !

तस्करीको समान पक्रने प्रहरीको ग्रेड रोक्का !


तस्करीको समान प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउँदा दुई प्रहरी जवानको ग्रेड रोक्का भएको छ । गत साता बुधबार राति वीरगञ्ज महानगरपालिकाको अल्र्वाेसँगै जोडिएको भारत नाकाबाट चोरी पैठारी गरी वीरगञ्जतर्फ ल्याइएको अवस्थामा पापामाइकमा ड्युटी गरेका प्रहरी जवान वीरेन्द्र यादव र रमाशंकर यादवले भारतीय तस्कर भिखारीको कवाडी समान पक्राउ गरेका थिए । तर, तस्करीको सामान पक्राउ गर्नु नै उनीहरूका लागि अभिशाप साबित भइदियो । उनीहरूको यस कार्यबाट प्रहरी हाकिमहरू रुष्ट भएका र दुवैजनाको ग्रेड रोक्का भएको छ ।

तस्करीको समान पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउँदा उल्टै प्रहरी अधिकृतहरूले वीरगञ्ज भन्सारको गेटबाटै तस्करीको समान फिर्ता गरी सम्बन्धित तस्करलाई जिम्मा लगाएको बुझिएको छ । आफ्नो माल समातेपछि दुई प्रहरी जवानलाई आफूले कारबाही गर्न लगाएको तस्कर भिखारीले फुर्ती दिँदै हिँडेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मीनबहादुर राईले चाहिँ ती दुई प्रहरी क्यूआरभी टोलीमा कार्यगत रहँदा प्रहरी आचरणविपरीत काम गरेको र दरबन्दी भएको स्थानमा सरुवा गर्दा पनि जान नखोजेपछि उनीहरूको ग्रेड रोक्का गरिएको प्रतिक्रिया दिएका छन् ।