जिल्ला वन कार्यालयबाट वृक्षारोपण अनुगमन

जिल्ला वन कार्यालयबाट वृक्षारोपण अनुगमन


रमेश विक, गुल्मी

जिल्ला वन कार्यालय गुल्मीले विहिबार वृक्षारोपण अनुगमन गरेको छ । नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा जिल्ला वन कार्यालयबाट सडक किनारमा रोपणको लागि छत्रकोट गाउँपालिकालाई उपलब्ध गराएको नौ सय तेजपात र दुई हजार अमृसोको विरुवाको अनुगमन गरेको हो ।

अनुगमन गरेर सबै विरुवा रोपण भई राम्रोसँग हुर्किएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ ।