सिद्धबाबा माविमा बुक टक कार्यक्रम

सिद्धबाबा माविमा बुक टक कार्यक्रम


रमेश विक, गुल्मी

रेसुंगा नगरपालिका वडा नं ८ मा सञ्चालित श्री सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीकेन्द्रीत नियमित कार्यक्रम अन्तर्गत ७औं ‘बुक टक’ कार्यक्रम सम्पन्न भएको छ ।

७० जना विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रम भदौ १५ गते साँझ ३ बजे देखि ९ बजेसम्म सञ्चालन भएको हो । ११औं पुस्तकालय दिवसको अवसरमा ‘समृद्ध पुस्तकालय, समृद्ध समाज’ स्लोगनसहित उक्त कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको हो ।

पुस्तकालय अध्यक्ष माधवी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा विलवा थापा, विशिष्ट अतिथिमा डोरविक्रम श्रीस रहेका थिए।

२३ विद्यार्थीहरुले अध्ययन गरेका दुई साथीहरु र भालू कथा, रबिनहुड, सुन ओकल्ने भाले, ब्रह्मपुत्रको छेउछाउ (उपन्यास) देव कुमारी थापा (जीवनी) आदि सम्बन्धमा आ–आफ्नो अनुभव एकअर्कमा साटेका थिए । १० शिक्षकहरुको समेत उपस्थिति रहेको उक्त अतिरिक्त क्रियाकलापस्वरुपको कार्यक्रम मुक्तबहादुर पुनले सञ्चालन गरेका थिए। यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा विद्यार्थीं पनि उत्साहित देखिएका थिए ।