मन्त्री अर्याल भन्छिन्– सहकारी धेरै भए अब एकीकरण गर्नुपर्छ

मन्त्री अर्याल भन्छिन्– सहकारी धेरै भए अब एकीकरण गर्नुपर्छ


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताएकी छिन् ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बाग्लुङको १२औँै साधारणसभालाई आज (शनिबार) सम्बोधन गर्दै उनले सहकारी थोरै तर प्रभावकारी हुनुपर्नेमा जोड दिइन् । ‘सबै सहकारीमा राज्यको समान दृष्टि पुगेन, सबैलाई अभिभावकत्व दिन सकिएन,’ मन्त्री अर्यालले भनिन् ‘अब एकीकरणतर्फ जानुपर्छ ।’ कार्यक्रममा उनले सरकारले एकीकरण अभियान चलाए पनि अपेक्षित रूपमा सहकारी एकीकरण नभएको बताइन् ।

सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले मन्त्री अर्याललाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।

मन्त्री अर्यालले सहकारीले यो वर्षदेखि दिन शुरु गरेको ज्येष्ठ शेयर सदस्य ‘पेन्सन’ कार्यक्रमसमेत शुभारम्भ गरिन् ।