सर्पदंशबाट सुर्खेतमा बालिकाको मृत्यु

सर्पदंशबाट सुर्खेतमा बालिकाको मृत्यु


सर्पको टोकाइबाट आज सुर्खेतमा एक बालिकाको मृत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका–४ मा सर्पको टोकाइबाट आठ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

बालिकालाई सर्पले टोकेपछि उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।